बिनोद बचाउ अभियानमा समाजसेवी लेखिका ज्वाला संग्रौलाले उठाइन ५ लाख !

समाजसेवी अभियन्ता इशा गुरुङ फेसबुक मार्फत लेखिका समाजसेवी ज्वाला संग्रौलाको बारेमा लेख्नु हुन्छ जो जापान बाट निरन्तर बिनोद बचाउ अभियानमा खट्नु भएको छ ।

इशा गुरुङ लेख्नु हुन्छ :
बिनोद बचाउ अभियानमा जापान बाट ज्वाला संग्रौला बहिनिको पहलमा १० दिनको अन्तरालमा रू ५ लाख रूपिया ( ५,०००००) संकलन भएको जानकारी गराउनु भएको छ , उहाले कालिकोट राषकोट अस्पतालमा पनि रू २३ लाख ३३ हजार रूपिया संकलन गरेर हामी सबै नेपालीहरूको मन जिति सक्नु भएको छ , साथ साथै उहाको लेखाइले त झन् नेताहरूको निद हराम गराउनु भएको छ भने स्वाभिमान नेपालीहरूको लागी त उहा धड़कन हुनु भएको छ , बिनोद बचाउ अभियानमा संघ संस्था पद र कुर्चि बिना पनि एकल व्यक्तिले यति धेरै रकम संकलन गर्नु भनेको पक्कै पनि हजुरहरूको साथ ,सहयोग ,सदभाब ,बिस्वास र मायाकै कारण हो भन्नु पर्छ , ज्वाला बहिनि लगायत उहा मार्फत सहयोग गर्नु हुने महान् मनका धनीहरू प्रति उच्च सम्मान सलुट गर्दै बिनोद बचाउ अभियान हामी सबैको साझा अभियान सोचेर नमुना बिनोद बचाउ अभियान सफल पारौ , सलुट छ बहिनि
नोट / क़रीब ४२ लाख संकलन भएको छ अब ४० लाख संकलन गर्नु पर्ने छ ।

त्यस्तै जापान बाट ज्वाला संग्रौला लेख्नु हुन्छ :
बिनोद भाईलाई आफ्नै भाइ, छोरा सम्झेर बिश्वभरिका कुना कुनाबाट आर्थिक सहयोग उपलब्ध गराउनु हुने सम्पुर्ण नेपाली आमाबुबा दाजुभाई तथा दिदीबहिनी हरुप्रति हार्दिक नमन। हजुरहरुको आर्थिक र नैतिक समर्थनले बिनोद बचाऊ अभियान सफल हुने छ र एउटी रोईरहेकी आमाले फेरि पनि आफ्नो छोरालाई आफ्नै आँगनमा मुस्कुराएर स्वागत गर्ने छिन्। यो पोस्ट गरेर मलाई माया र हौसला प्रदान गरिदिनु भएकोमा आदरणीय इशा दिज्युप्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु। यसरी नै हामी सबै मिलेर आपतबिपतमा एक अर्काको सहारा बनिरहन सकौं! United we stand, divided We fall. जय नेपाल, जय स्वाभिमान!