बिहेपछि घर नै नगई जंगलमै बसेका बृद्धजोडी, बाघ भालुको त्रास छैन कोही साहारा (भिडियो)

गोरखा जिल्लाको उत्तरी दुर्गम गाउँ काशी गाउँमा एक जोडी जंगलमै बसेको आधा शताब्दी भयो । उनीहरु बिहे गरेपछि घर गएका छैनन् जंगलमै बाख्रा र गोरु हेरेर बस्ने गरेका छन् । सानो टिनको छाप्रो छ, काठले बारेको गोठमा उक्त जोडी करिब ४० बर्ष देखी संगै जंगलको बीचमा बस्दै आएका छन् । बिहे पछि आफूहरु उक्त जंगलमा बस्ने गरेको बृद्ध तुलमाया गुरुङले बताईन् । जंगलमै छोरा छोरी हुर्किए पछि एक छोरा र एक छोरीको पनि बिबाह भयो तर उनीहरु जंगल छोडेर गाउँमा गएर बस्न थाले । उमेरले बुढ्यौली लाग्दा पनि उनीहरुले जंगल छोड्न मानेनन् । छोरीको बिवाह भयो छोराले बुहारी पनि ल्याए तर उनीहरु साहाराबिहीन बने । छोरा बुहारी समेत उनीहरुलाई भेट्न आउँदैनन् । करिब २० वटा जती बाख्रा पाल्ने र दैनिक जंगलमा लगेर चराउदै उनीहरुको दिन बितिरहेको छ ।