जन्म दिनमा पनि पुर्व राजा ज्ञानेन्द्रले भेटेनन सर्मथकलाइ निर्मल निवासमा समर्थकको घेराउ

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहको ७३ औँ जन्मोत्सव उनका समर्थकहरुले पूजाआजा गरेर मनाएका छन् । निर्मल निवास बाहिर रहेका पूर्वराजा शाहको जन्मोत्सवका अवसरमा राजसंस्थाका पक्षधरहरुले काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गरेर मनाएका हुन् ।

जन्मोत्सव आयोजक मुल समारोह समितिका अनुसार कमलादी गणेशथानमा पूर्वराजाको सुस्वास्थ्य तथा दीर्घायु र मुलुकमा शान्तिका लागि पूजाअर्चना गरिएको हो।

यसपछि निर्मल निवासमा गइ पूर्वराजाको सचिवालयमा अभिनन्दन पत्र बुझाउने र बेलुका पाँच बजे फेरि गणेश मन्दिरमा पूजाआजासहित कार्यक्रम विसर्जन हुने बताइएको छ ।

११ वर्षअघि नारायणहिटी त्यागपछि पनि उनका अनुयायीहरुले हरेक वर्ष असार २३ गते उत्साहका साथ जन्मदिन मनाउँदै आएका छन् । यद्यपि २०७२ सालमा भूकम्प र प्राकृतिक प्रकोपका कारण पूर्वराजाले जन्मदिन मनाएका थिएनन् ।