प्रोफेसर सुबेदिलाई कानूनको उच्चतम डिग्री

माधव कौशिक-लण्डन।
प्रोफेसर सूर्य सुवेदी (क्यूसी, ओबीई) लाई बेलायतको अक्सफोर्ड विश्वविद्यालयले नागरिक कानुन (सिविल ल) को उच्च उपाधि डाक्टर को डिग्री (डीसीएल) बाट सम्मानित गरेको छ। डीसीएल उपाधि असाधारण ज्ञान र विशिष्ट प्रकाशन को आधार मा दिने गरिन्छ, यस्तो प्रकाशन र ज्ञान कानून अध्ययन गर्नेहरुका लागि अति महत्वपूर्ण मानिन्छ। अक्सफोर्डले दिने डीसीएल उपाधि संसारकै उच्च गुणस्तरका प्रकाशनहरूको मान्यतामा आधारित हुन्छ र यस्तो सम्मान कमैले मात्र प्राप्त गर्छन्। प्रोफेसर सुबीदीले सन् १९९३ मा अक्सफोर्ड विस्वविद्यालयबाटै कानूनमा आफ्नो पीएचडी डिग्री (ओक्सफोर्डमा डिफिलको रुपमा चिनिन्छ) प्राप्त गरेका हुन्।

डीसीएल अवार्डका निर्णायक न्यायाधीशहरूले प्रोफेसर सुबीदीलाई “ज्ञानको असामान्य क्षितिज र सोचको अद्वितीय गहिराइ भएको विद्वानको रूपमा प्रशंसा गरेका थिए। निर्णायक हरुले निर्णय टिप्पणिमा भनेका छन् ‘उनी एक वैज्ञानिक दार्शनिक हुन् जसको कामले अन्तर्राष्ट्रिय कानूनको सिद्धान्तमा जबर्जस्त प्रभाव पारेको छ साथै उनको ज्ञानले कानूनका क्षेत्रमा काम गर्नेहरुका लागि सिविल ल को परिधिमा सुधार गर्न विशेष सुझाव दिएको छ। प्रोफेसर सुबेदिको प्रकाशनहरूको समीक्षा गर्दै न्यायाधीशहरूले उनको पुस्तक ‘संयुक्त राष्ट्रसंघको मानवाधिकार प्रणालीको प्रभावकारिता’ (The Effectiveness of the UN Human Rights System) को प्रशंसा गरेका थिए। न्यायाधिसहरुले उक्त पुस्तकले संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रीय संघ संस्थालाई मानव अधिकार कानून को व्यावहारिक दृष्टिकोणलाई गहिराईसम्म बुझ्न र त्यस सम्बन्धी ज्ञान हासिल गर्न सहयोग गर्ने बताएका छन्।

यस्तै गरी उनका लेखहरु ‘The Universality of human rights and the UN human rights agenda: The impact of the shift of power to the East and the resurgence of the BRICs’ (मानव अधिकारको विश्वव्यापीकरण र संयुक्त राष्ट्रसंघको मानवअधिकार एजेन्डा: पूर्वीय मुलुकहरूतिर सर्दै गरेको शक्तिको प्रभाव र ब्रिक्स देशहरुको पुनरुत्थान), ‘हिन्दू धर्ममा ‘केवल युद्ध’ को अवधारणा’ – २००३ (The Concept in Hinduism of ‘Just War’-2003) र ‘International Investment Law: Reconciling Policy and Principle’ – 2016 (अन्तरराष्ट्रीय लगानी कानून: संकलन नीति र सिद्धान्त -२०१६)ले सम्बन्धित क्षेत्रहरु मा प्रोफेसर सुबेदिको स्पष्ट विशेषज्ञता र गहिरो ज्ञानले नागरिक कानूनको क्षेत्रमा रहेका अपेक्षाहरु लाई पूरा गर्न ठूलो सहयोग पुगेकाले प्रोफेसर सुबेदिलाई सिविल कानूनको उच्चतम सम्मान डीसीएलले सम्मानित गरेको कुरा निर्णयमा सामेल भएका न्यायाधिसहरुले बताएका थिए।

प्रोफेसर सुबेदिलाई हामी सबैको शुभकामना छ।