साप्ताहिक राशिफल : २०७६ असार २२ गते देखि २८ गते सम्म (सन् २०१९ जुलाई ७ देखि १३ सम्म)

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
+९७७– ९८४२२१९७३५

यो साता ग्रह गोचरको अवस्था
यो साता चन्द्रमा ले असार २२ गते सिंह राशि, २३ र २४ गते कन्या राशि, २६ र २७ गते तुला राशि र २८ गते बृश्चिक राशिको गोचर गर्नेछन । यो साता अन्य ग्रहहरु राहु, शुक्र र सूर्य मिथुन राशिमा, मंगल र बुध कर्कट राशिमा, बृहस्पती बृश्चिक राशिमा, केतु र शनि धनु राशिमा गोचर गर्नेछन । ग्रहहरुको यो अवस्थाले प्रत्येक राशिमा के असर पर्छ भनेर विष्लेषण गरि यो साप्ताहिक राशिफल तयार गरिएको छ ।

अब शुरु गरौं साप्ताहिक राशिफल बाट
मेष राशि – मेष राशिका लागि यो साता चन्द्रमा को गोचर पञ्चम, षष्टम, सप्तम र अष्टम भावमा हुनेछ । बाल बच्चाका कारण चिन्ता बढ्न सक्नेछ । यो साता सन्तान का लागि यो साता बढि समय दिनु पर्ने देखिन्छ । उनिहरुको गतिविधि र खानपानमा विशेष निगरानी गर्नु उत्तम हुनेछ । विद्यार्थीको पढाईमा सकारात्मक समय रहनेछ । पढाईमा राम्रो ध्यान दिनुभएमा उच्च अंक प्राप्त हुन सक्नेछ । तपाईले यो साता कसैलाई पनि छिटो विश्वास गरेर हतार मा निर्णय नलिनु उत्तम हुनेछ अन्यथा तपाई धोका मा पर्न सक्नुहुनेछ । विरोधिले तपाईको काम मा वाधा व्यावधान ल्याउन सक्नेछन । मानसिक स्वास्थ्य समेत विग्रन सक्नेछ । प्रेम तथा पारिवारिक जिवन भने सुमधुर रहनेछ । जिवनसाथी सँग प्रेमिल समय वित्ने देखिन्छ । आर्थीक अवस्था मिश्रित रहनेछ । व्यापार व्यावसाय मा पनि मध्यम समय हुनेछ । नोकरिमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सुमधुर सम्बन्ध कायम हुनेछ । प्रेम सम्बन्ध सामान्य रहनेछ । यो साता तुलनात्मक रुपमा शनिबार तपाईका लागि तपाईका लागि कमजोर दिन रहेको छ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान सुर्य लाई जल चढाउनु शुभ हुनेछ ।

वृष राशि – तपाईका लागि चन्द्रमा ले यो साता चतुर्थ, पञ्चम, षष्ठ र सप्तमा भावमा गोचर गर्ने छन । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । परिवारमा कोहि बिमारी हुनुहुन्छ भने स्वास्थ्यमा सुधार हुनेछ । नोकरी गर्ने हरुका लागि कार्यस्थलमा उपयुक्त वातावरण बन्नेछ । तपाईको काम देखेर उच्च पदस्थ कर्मचारी प्रशन्न रहनु हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। पञ्चमा भावमा चन्द्रमा को गोचर का कारण सिर्जनात्मक एवं कलात्मक क्षेत्रमा तपाईको अभिरुचि बढ्नेछ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । बुधबार र बिहिबार चन्द्रमाको गोचर षष्ठम भावमा हुने हुनाले तपाईका विरोधिहरुका कारण चिन्ता बढ्न सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।

मिथुन राशि – यो साता मिथुन राशिका लागि चन्द्रमा ले तृतीय, चतुर्थ,पञ्चम र षष्ठम भावको गोचर गर्नेछन । तपाईका लागि यो साता शुभ रहेको छ । शाताको शूरुवात मा नै चन्द्रमाको गोचर तृतिय भावमा रहने हुनाले कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो रहने छ । कार्य क्षेत्रमा तपाईको प्रदर्शन उच्च रहनेछ । नोकरी गर्नेहरुका लागि काममा बरिष्ठ अधिकारी को सहयोग लिनु उत्तम हुनेछ । मान सम्मान मा वृद्धि हुनेछ । मन शान्त रहनेछ । नयाँ सामानको खरिद हुनेछ । कसैलाई उधारो वा सापटि दिनु भएको छ भने फिर्ता आउनेछ । आफ्ना भाई बहिनीहरु बाट पनि राम्रो साथ र सहयोग प्राप्त हुनेछ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । परिवार मा मेल मिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका पढाईमा सकारात्मक समय रहनेछ। सोमबार र मंगलबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यि दिनमा कुनैपनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नू उत्तम हुनेछ। यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान बिष्णुको पुजा आराधना गर्नू शुभ हुनेछ ।

कर्कट राशि – साताको शुरुमा चन्द्रमाको गोचर धन स्थानमा रहने हुनाले व्यापार व्यावसाय बाट प्रशस्त धन आर्जन हुनेछ । आफ्नो मिठो बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ । मानसीक स्वास्थ्य सबल रहनेछ । परिवार तथा साथीभाई सँग रमाईलो एवं मनोरञ्जनात्मक कार्य मा संलग्नता हुनेछ । सामाजिक कार्यमा मन जानेछ भने ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । दाम्पत्य जिवन सुखद रहनेछ । मांगलिक कार्यमा सरिक हुने अवसर जुट्नेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ । तुलनात्मक रुपमा बिहिबार र शुक्रबार भने तपाईका लागि कमजोर दिनहरु रहेका देखिन्छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ विष्णवे नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

सिंह राशि – यो साता चन्द्रमा ले तपाईको शिरमा, द्धितीय भाव, तृतीय र चतुर्थ भावमा गोचर गर्नेछन । समग्रमा सिंह राशिका लागि यो साता मिश्रित रहेको छ । मन बिचलित भएर तपाई बाट गलत निर्णय हुन सक्नेछ । सजग रहनु होला । यो साता तपाईलाई बढि अल्छि लाग्न सक्छ । रोग प्रतिरोध क्षमता कमजोर हुने एवं मनमा चिन्ता भने बढ्न सक्नेछ । यसका लागि दैनिक ध्यान तथा योगा मा केहि समय दिनु् उत्तम हुनेछ । सामाजिक क्षेत्र बाट समेत चुनौतीहरु देखिन सक्नेछन। तर मंगलबार देखि भने अवस्थामा सुधार हुँदै जानेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस वाधा आउन सक्नेछ । सकारात्मक सोच का साथ परिश्रम गर्नु आवश्यक छ । अप्ठ्यारो परिस्थितीमा आफना आफन्तको सहयोग भने मिल्नेछ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । शनिबार तुलनात्मक रुपमा तपाईका लागि कमजोर दिन रहेको छ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी सुर्यको पुजा आराधना गर्नु शुभ हुनेछ ।

कन्या राशि – यो साता चन्द्रमा ले तपाईको व्यय स्थान, प्रथम, द्धितीय र तृतीय भावमा गोचर गर्नेछन । कन्या राशिका लागि यो साता मिश्रित रहनेछ। आईतबार बाह्रौं भावमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुनेछ । जसले गर्दा स्वास्थ्य बिग्रन सक्नेछ । तपाईको बोली र व्यावहार अरुका लागि रुखो देखिन सक्नेछ । तपाई लाई सानो तिनो कुरामा बढि रिस उठ्न सक्नेछ । संयम रहनु होला । तपाईको यो साता नसोचेको क्षेत्रमा खर्च हुन सक्नेछ । तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ तपाईको नोकरीमा सफलता मिल्नेछ । कार्यस्थलमा सकारात्मक वाताबरण कायम हुनेछ । आफ्ना साथीभाई बाट सहयोग प्राप्त हुनेछ । बौद्धिक क्रियाकलापमा सक्रियता बढ्नेछ । व्यापार व्यावसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछन । साझेदारी का कार्यमा विवाद आउन सक्नेछ । धैर्यताका साथ काम गर्नुहोला। प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । यो साता भौतिक सुख सुबिधाका लागि खर्च बढ्न सक्नेछ । विद्यार्थीको पढाई मा कमजोरीमा देखिन सक्नेछ । पढाईमा राम्रो ध्यान दिनु होला । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान सुर्यको पुजा आराधना गर्नु उत्तम हुनेछ।

तुला राशि– साताको शुरुमा लाभ स्थान मा चन्द्रमाको प्रभाव रहने हुनाले यो साता व्यापार व्यावसाय बाट प्रशस्त आम्दानी हुने देखिन्छ । आर्थीक अवस्था सबल रहनेछ । आत्मबिश्वास एवं आत्मसम्मान उच्च रहनेछ । नोकरीमा भने मिश्रित अवस्था रहनेछ । कार्यालयमा आफु भन्दा उच्च अधिकारी सँग विवाद पर्न सक्नेछ । कसैले तपाईका बिरुद्ध हाकीमलाई पोल लगाएको हुन सक्छ । सजग रहनुहोला। त्यसैगरि आफ्ना दाजुभाईहरु सँग पनि विवाद पर्न सक्ने देखिन्छ । परिवारका अन्य सदस्य सँग सकारात्मक सम्बन्ध कायम रहनेछ । आफ्नो जिवन साथि बाट उचित साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई भने कमजोरी देखिन सक्ने हुनाले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । सोमबार र मंगलबार तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यि दिनहरुमा अनावश्यक यात्रा हुने एवं खर्च बढ्न सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।

बृश्चिक राशि – बृश्चिक राशिका लागि यो साता चन्द्रमा ले दशम, एकादश, व्यय र प्रथम भावमा गोचर गर्नेछन । बृश्चिक राशिका लागि यो साता उत्तम रहने देखिन्छ । नोकरी गर्ने हरुका लागि शुभ समय रहनेछ । परिश्रम गर्न मन लाग्नेछ । कडा परिश्रम बाट चुनौती पुर्ण कार्यहरु सम्पन्न गर्न सक्नु हुनेछ । कुनै सरकारी कार्य अल्झिएर रहेका छन भने यो साता पुरा हुनेछन । तपाईका विरोधिहरु पराजित हुनेछन । नोकरीमा पनि उच्च अधिकारी बाट तपाईको कार्यमा सहयोग हुनेछ। सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । मान प्रतिष्ठा बढ्नेछ । साथीभाईको साथ र सहयोग ले आत्मविश्वास बढ्नेछ । यो साता व्यापार व्यावसाय मा सकारात्मक समय रहनेछ । आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमी सँग देखिने मनमुटावहरु समाधान हुनेछन । तर आफ्नो रिस लाई नियन्त्रणमा राख्नु उत्तम हुनेछ । बुधबार र बिहिबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान श्री गणेशको पुजा आराधना गर्नू शुभ हुनेछ ।

धनु राशि– धनु राशिका लागि चन्द्रमाले यो साता नवम, दशम, एकादश र व्यय भावमा गोचर गर्नेछन । धनु राशिका लागि यो साता शुभ रहेको छ । भाग्यले साथ दिनेछ । परिश्रम अनुसार सफलता मिल्नेछ । आर्थीक अवस्था सकारात्मक रहनेछ । त्यसैगरि व्यापार व्यापसाय बाट पनि उचित लाभ मिल्नेछ । अचानक धन लाभ हुने योग छ । व्यापार व्यावसायबाट सोचे अनुरुप नै लाभ मिल्नेछ । नोकरी गर्नेहरुका लागि कार्य स्थलमा तपाईको कार्यको प्रशंसा हुनेछ । पिता सँग कतिपय विषयमा विवाद पर्न सक्नेछ । सचेत रहनुहोला । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन मिश्रित रहनेछ । आफ्ना मान्छे सँग कुनै नयाँ ठाउँमा गई रमाईला पलहरु बिताउन सक्नुहुनेछ । तुलनात्मक रुपमा शनिबार भने कमजोर दिन रहेको छ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी श्री गणेशाय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

मकर राशि – मकर राशिका लागि यो साता चन्द्रमा ले अष्टम, नवम, दशम र एकादश भाव को गोचर गर्नेछन ।मकर राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शूरुमा चन्द्रमाको गोचर अष्टम भावमा रहने हुनाले स्वाथ्य सम्बन्धि समस्या देखिन सक्नेछ । मनमा डर र चिन्ता ले डेरा जमाउन सक्नेछ । कुनै पनि महत्वपूर्ण काम बारे हतारमा निर्णय नगर्नु उत्तम हुनेछ । अन्यथा समय र धन नाश हुन सक्नेछ । कार्यमा शत्रुबाधा देखिन सक्नेछ । विना अर्थका यात्राहरुमा जानु पर्ने अवस्था आउनेछ । तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । दाम्पत्य सम्बन्ध प्रगाढ रहनेछ । यो साता मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु बिताउन सकिने योग छ । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । अचानक धन लाभ हुने योग छ । पारिवारिक जिवन सुखद रहने छ । प्रेमी सँग कतिपय विषयमा वादविवाद पर्नाले चिन्ता बढ्न सक्नेछ । आपसी समझदारी कायम गर्न इमान्दारीताका साथ प्रयास गर्नुहोला । पढाईका लागि सकारात्मक समय रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान शिवको पुजा आराधना गर्नू शुभ हुनेछ ।

कुम्भ राशि – कुम्भ राशिका लागि यो साता शुभ रहने छ । साताको शुरुमा चन्द्रमाको गोचर सप्तम भावमा रहने हुनाले । व्यापार व्यावसाय मा सफलता मिल्नेछ। साझेदारीका कार्यबाट लाभ हुनेछ । नसोचेको क्षेत्र बाट सामानका लागि माग हुन सक्नेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । यो साता विशेष गरि खोज तथा अनुसन्धान गर्नेहरुका लागि उत्तम समय रहनेछ । कला तथा साहित्य क्षेत्रमा कलम चलाउने महानुभावहरुका लागि पनि सिर्जनात्मक क्षमता उच्च रहनेछ । नोकरी गर्ने हरुका लागि सकारात्मक रहनेछ । नयाँ कुरा सिक्न पाईने हुनाले आफ्नो अनुभव एवं क्षमता बढ्नेछ । स्वास्थ्य अवस्था सकारात्मक रहनेछ । सामान्य चोटपटक को सम्भावना देखिन्छ । सवारि साधनमा विशेष ख्याल गर्नुहोला । आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई भने समस्या आउन सक्नेछ । तपाईका लागि सोमबार र मंगलबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । भोग विलास का लागि खर्च बढ्न सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी हनुमानको पुजा आराधना गर्नु शुभ हुनेछ ।

मिन राशि – यो साता चन्द्रमाले तपाईको षष्टम, सप्तम, अष्टम र नवम भावमा गोचर गर्नेछन । मिन राशिका लागि यो साता मिश्रित रहेको छ । साताको शुरुमा छैठौं भावमा चन्द्रमाको गोचर रहने हुनाले चिन्ता बढ्न सक्नेछ । सन्तानको विषयलाइृ लिएर चिन्ता बढ्न सक्नेछ । कुटुम्ब पक्ष एवं मामली पक्ष बाट साथ र सहयोग प्राप्त हुन सक्नेछ । यो साता तपाईको सिर्जनसिलता बढ्नेछ । व्यापार व्यावसायमा मिश्रित समय रहनेछ । आर्थीक अवस्था मा सामान्य उतार चढाव आउन सक्नेछन । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । कार्यस्थलमा सहकर्मी साथी बाट सहयोग प्राप्त हुनेछ । यो साता नोकरी बदल्न सक्नु हुनेछ । त्यसैगरि आफ्नो जिवन साथि सँग रमाइल पल हरु विताउने अवसर प्राप्त हुनेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।बुधबार र बिहिबार भने तुलानात्मक रुपमा कमजोर दिनहरु रहेका छन। मुद्धामामीला वा अनावश्यक विवाद आई लाग्न सक्नेछ । सचेत रहनु होला । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ गं गणपतय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।