बर्षौ पछि केपी शर्मा ओलीको आयो पेट मिची मिची हँसाउने उखान टुक्का,प्रचण्ड मुर्छा परे हासेरै

लामो समय पछि प्रधानमन्त्री ओलीले निकै रमाइलो जोक्सहरु सुनाए माहोल निकै रमाईलो बन्दै गयो प्रसङ्ग हो पार्टी प्रवेसको।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विशाल नदी भएकोले यसबाट केही भंगालाहरु छुट्टिए पनि पुन नदीमै आएर मिसिने बताउनुभएको छ ।

विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेकाहरुलाई आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले नदी बग्दा केही भंगालाहरु बाटा भूलेर दायबाँबायाँ लागे पनि अलि पर पुगेर सबै भंगाला मुल बहाबमा नै मिसिने बताउनुभएको हो ।