थानेश्वर गौतमलाई क्यानडामा रेड कार्पेटबाट भब्य स्वागत

अहिलेका नेपाली संगीत जगतका निकै प्रतिभाशाली अनि भर्सटायल गायक थानेश्वर गौतम बागलुङ सेवा समाज क्यानडाको आयोजना अनि निमन्त्रणामा क्यानडामा छ्न ,जुन ३० अर्थात क्यानडा डे को विशेष अबसर पारेर गरिएको कार्यक्रम निकै भब्य भयो र उल्लेख्य नेपालीहरुको उपस्तिथि रहेको कार्यक्रम निकै आकर्षक भएको थियो ।

नेपाली संगीतका हरेक बिधा गजल ,सालैजो ,रोइला ,पन्चेबाजा ,भजन देखि हरेक बिधामा उत्तिकै न्याय गरेर गाउन सक्ने अदभूत खुबी भएका गायक गौतमलाई रेड कार्पेट बाट भब्य स्वागत गरिएको थियो भने उनले आफ्ना गजल ,सालैजो ,रोइला देखि भजन र आफ्ना उत्कृष्ट गीत मार्फत निकै मोहित बनाए संगीत बिसयमा नै स्नातकोत्तर गरेका गायक हुन थानेश्वर गौतम।

आयोजकका अनुसार अहिले सम्मकै उत्कृष्ट कार्यक्रम अनि सबैजना दर्शकहरु खुसी भएको जानकारी भएको छ भने ओन्समोर हुँदै गौतमले एउटै गजल समेत ४-५ पल्ट समेत दोहोर्‍याएर गायका थिए उक्त कार्यक्रममा क्यानडामा रहदै आएका चर्चित गायक बुद्धिसागर बश्यालले थानेश्वर गौतमको संगीतको खुबीको प्रसंसा निकै खुलेर गरेका थिए। चर्चित लोक दोहिरी गायिका देबिका केसि र सांस्कृतिक संयोजक हरि केसिको संचालनमा रहेको कार्यक्रम एतिहासिक र सफल कार्यक्रम अनि नेपाल बाटनै कलाकार बोलाएर गरिएको बाग्लुङ सेवा समाजको यो पहिलो कार्यक्रम निकै भब्य रुपमा सम्पन्न भएकोमा बाग्लुङ सेवा समाज क्यानडाका अध्यक्ष भबी न्यौपानेले बताए भने कार्यक्रममा दिउसो भलिबल कार्यक्रम अनि बेलुका सांगीतिक कार्यक्रम भएको थियो ।

फोटो : उर्गेन दोर्जे लामा