छोराको प्रकाशको सम्झनामा बोल्दा बोल्दै भक्कानिएर रोए प्रचण्ड,भन्छन:मलाई बीचबाटोमा छाडेर गए

काठमाडौँ– छोराको जन्म दिनमा प्रचण्ड भकानिएर रोएका छन।विभिन्न राजनीतिक दलका नेताहरुले स्व.प्रकाश दाहाल साहसिक योद्धा र कुशल व्यवस्थापक भएको बताएका छन् । उनीहरुले प्रकाशले समाजमा गरेका राम्रा कामहरुको अनुशरण गर्न सक्नुपर्ने पनि बताए ।

प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल स्मृति प्रतिष्ठानद्धारा मङ्गलबार आयोजित सगरमाथा आरोही सम्मान कार्यक्रमका सहभागीहरुले सानै उमेरमा निधन भएका प्रकाशले छोटै समयमा भएपनि मुलुकको राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको चर्चा गरेका हुन् ।