मेष राशिले कुन रत्न किन र कसरी लगाउनु शुभ हुन्छ?

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) ९८४२२१९७३५
मेष राशिले कुन रत्न किन र कसरी लगाउनु शुभ हुन्छ?
रत्नको सिधा सम्बन्ध ब्रहमाण्डमा स्थित ग्रह तथा नक्षत्र हरु सँग रहेको हुन्छ । हाम्रो सम्बन्ध यि रत्नहरु सँग हुन्छ । रत्नको महत्वपुर्ण प्रभाव हाम्रो जिवनमा रहन्छ । यसको प्रमाण विभिन्न पुराँण तथा धार्मीक ग्रन्थहरुमा पाईन्छ । आजको विज्ञान ले पनि बिभिन्न खोज तथा अनुसन्धान गरि मानव जिवनमा यस्ता बहुमुल्य रत्न को प्रभाव पर्ने कुरा पुष्टि गरेको छ ।
रत्न जडित औंठी एवं लकेट हरु धारण गर्ने चलन परापुर्व काल देखि नै हुँदै आएको छ । पुरानो समयमा राजा, रानी, राजकुमार लगायत राजपरिवार एवं घरानियाँ व्यक्तित्वहरु बाट आफ्नो सान र मान का लागि पनि लगाउने चलन थियो । त्यो समयमा फेशनका साथै पुरानो युनानी सभ्यता एवं पुरानो आयुर्वेदिक पद्धती बाट विभिन्न जटिल रोगहरुको उपचार मा रत्नहरुको प्रयोग भएको पाईन्छ। यस्ता रत्नहरुको भस्म बनाई लेपन गरेर वा ओषधिको रुपमा प्रयोग गरि असाध्य दीर्घ रोगको पनि उपचार गरिएको पाईन्छ ।

मुगाँ जसलाई अंग्रजीमा रेड कोरल भनिन्छ । यसको सम्बन्ध मंगल ग्रह सँग हुन्छ । मंगल ग्रह बलियो, तेजिलो र नेतृत्वदायी ग्रह हो । मंगल लाई उर्जा, महत्वकांक्षा र उत्साह को ग्रह पनि मानिन्छ । व्यक्तिको जन्मकुण्लीमा मंगल ग्रह कमजोर भएमा मुँगा रत्न धारण बाट मंगल को शुभ प्रभाव वृद्धि गर्न सकिन्छ। शत्रु पराजित हु्न्छन । व्यक्तिको साहस, पराक्रम तथा उत्साह बढाउन मँुगा रत्न ले महत्व पूर्ण भूमीका खेल्न सक्छ । प्रतिस्पर्धामा बिजयी गराउँछ । तार्कीक क्षमता र नेतृत्व क्षमता बढ्नेछ ।

कुनैपनि काम मा बाधा अड्चन वा ढिलाई भएमा बाधा अड्चन फुकाउन सहयोग गर्छ। व्यक्ति मानसिक रुपमा स्वस्थ्य र सबल हुन्छ । यदि कोही व्यक्ति डिप्रेशन मा छ वा चरम निराशा मा छ भने उसलाई मुँगा रत्न धारण बाट उसको निराशा हटाउन सकिन्छ । व्यक्तिको मुँगा रत्न को प्रयोग ले रगत तथा छाला सम्बन्धि रोगको उपचारमा सहयोग गर्छ। त्यसैगरि अशुभ मंगल ले दिने चोटपटक एवं दुर्घटना बाट हुने अंगभंग लाई दुर गराउँछ । रिसाहा व्यक्ति एवं उच्च संवेग हुने ले मुँगा रत्न विधि पुर्वक धारण गरेमा संवेगमा स्थिरता आउनेछ । यदि कुनै पनि व्यक्ति विभिन्न समस्याहरु जस्तै शत्रु, रोग र ऋण बाट पिडित छ र निराश छ भने मुँगा रत्न धारण बाट यस्तो कठिन अवस्था मा संघर्ष गर्न सक्ने र त्यसलाई पार लगाउन सक्ने क्षमता बिकसीत हुनेछ ।

कुनै पनि महिला वा पुरुषको मांगलिक दोष का कारण विवाह मा ढिलाइ, बहुबिवाहको दोष एवं बैवाहिक सुख मा कमी भएको अवस्थामा मुँगा रत्न धारण गरेमा मांगलिक दोष हटाई सुखी र सफल बैवाहिक सम्बन्धका लागि सहयोग गर्छ । सेना प्रहरी सुरक्षा गार्ड, उत्पादक, डाक्टर जस्ता पेशामा आवद्ध व्यक्तिले मुँगा रत्न धारण गर्नु प्रभावकारी हुन्छ । मुँगा रत्नको प्रयोग ले तपाईको साहस तथा पराक्रम हुनेछ । स्वास्थ्य अवस्थामा विशेष गरि रगत, छालामा एलर्जी, एवं टाउको सम्बन्धि समस्या भएमा मुँगा रत्नको प्रयोग ले स्वास्थ्य सुधारमा सहयोग गर्नेछ ।

तनाव र ऋण बाट मुक्तिका लागि सहयोग गर्छ। महिलाको जन्म कुण्डलीमा मंगल ग्रहको अवस्था बाट भावी पति कस्तो प्राप्त हुने छ भन्ने आधार हुन्छ । यदि मंगल शुभ र बलवान भएमा असल जिवनसाथी पाईने र सम्बन्ध पनि अटुट रहनेछ । तर यदि मंगल ग्रह कमजोर भएमा बैवाहिक सम्बन्धमा कलह हुने, पर स्त्रि वा पुरुष सँग अनैतिक सम्बन्ध कायम हुन सक्ने, पति वा पत्नी रोगी हुने वा अचानक जिवन साथीको मृत्यु हुने सम्मको अवस्था आउन सक्नेछ । यस्तो अवस्थामा महिला ले मुँगा रत्न धारण गर्नाले पति वा पत्नी सँग सकारात्मक सम्बन्ध कायम हुन सक्नेछ भने वैवाहिक सुखमा देखिने व्यावधानहरु पनि दुर हुनेछन।
मेष राशिका व्यक्तिले मुँगा लगाउनु शुभ हुन्छ । यसका साथै कर्कट, सिंह, मेष र धनु लग्नका व्यक्तिले पनि मुँगा रत्न धारण गर्न सक्नु हुनेछ ।

मुँगा रत्न धारण गर्नु अगाडी आफ्नो जन्मकुण्डली विज्ञ ज्योतीषी बाट बिष्लेषण गराई लगाउन हुने वा नहुने अवस्था बारे जानकार हुनु पर्छ । यदि लगाउन जुर्ने रहेछ भने राम्रो गुणस्तरको मुँगा लाई पहेंलो धातु सुन वा पञ्चरत्नमा औंठी वा लकेट मा तयार गरि मंगल को जप ओम ‘अं अंगारकाय नमः’ मन्त्र दश हजार पटक जप गरि विधि पूर्वक सिद्ध गरेर मंगलबार बिहान सुर्याेदयको एक घण्टा पछि धारण गर्नु उत्तम हुनेछ ।