पोखरामा अनौठो चोरी ! CCTV मा यस्तो देखियो महानगरको वडामा चोरी

पोखरा महानगरभित्रका वडा कार्यालयमा चोरी हुने वडाको सुचिमा फेरी एउटा वडा थपिएको छ । पोखरा वडा कार्यालयहरु पालैपालो चोरी भइरहेका छन् । शुक्रबार राती पोखरा महानगरपालिकाको वडा नम्बर २५ को वडा कार्यालयमा चोरी भएको छ । हेम्जामा रहेको वडा कार्यालयको मेनगेटको ताला फोरेर सचिवको कार्यकक्ष र प्रशासन कोठाका गरी तीन थान कम्प्युटर चोरी भएको वडाध्यक्ष शोभाकर तिमिल्सिनाले जानकारी दिए । शनिबार बिहान खबर पाएलगत्तै वडा प्रहरी कार्यालय बगरबाट टोलीले चोरीको बारेमा अनुसन्धान अगाडी बढाएको छ । पोखरामा यस अगाडी वडा नम्बर ५, १३, १४, १५ र १६ लगायतका वडा कार्यलयहरुमा चोरी भइसकेको थियो । पछिल्लो समय चोरको निसानामा वडा कार्यालयका कम्प्युटर पर्ने गरेका हुन् । एक पछि अर्को वडा चोरी भए पनि प्रहरीले चोरी गर्नेलाई पक्राउ गर्न सकेको छैन ।