‘बस्छु मुटु जलाई’ प्रवासी गायकको आवाजमा नेपालीहरुको मन मुटु यसरी छुदै (भिडियो सहित)

प्रवासी गायक कृष्ण सुनार फेरी अर्को मन छुने गित डीजीटल बजार अर्थात आफ्नै अफिसियल युटुब चेन्नल मार्फत ‘बस्छु मुटु जलाइ’ म्युजिक भिडियो सार्बजनिक गरेका छन् ।

सानु तिम्रो सम्झनामा बस्छु मुटु जलाई भन्ने गितमा कृष्ण सुनारको आफ्नो आवाज रहेको छ भने यस गितमा उनलाई साथ दिनु भएको छ तारा बिसीले । शब्द राज बिसीको रहेको छ भनी संगीत कृष्ण सुनारको आफ्नै रहेको छ। पछिल्लो समयमा धेरै गितहरु बजारमा आएका छन् कतिले चर्चा कमाउन सफल हुन्छन त कति हुदैनन् यस गितमा निकैनै प्रवासी गायकको मेहनत देखा परेको छ र एउटा अत्यन्तै मार्मिक गीत सार्बजनिक भएको छ ।

बिनोद सुन्दासले निर्देशन गरेको भिडियोलाइ बासु बरालले छायाँकन गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन् । भिडियोमा सुर्य परियार र हिमा थापालाई फिचर्ड गरिएको छ । गायक कृष्ण सुनारको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीतको भिडियोमा नेपालका विभिन्न ठाउँहरूको लोकेशनलाई सुन्दर ढंगले चित्रण गरिएको छ ।
हेर्नुहोस भिडियो :