देश बिदेशबाट यी घटनाको विरुद्ध शसक्त आन्दोलन हुने छ ! सरु सुनार !

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आजको बिषय छ गलबन्दिको बिवाद प्रकाश सपूत र शम्भु राइ बिच नरही सिङ्गो दलित समुदायलाई अपमान सामाजिक संजालमा जातीय गाली गलौज गर्नेहरूलाई सदनमा माननीय मीन बिक, बिमला बिक,महेश्वर गहतराजले कारवहिको माग समेत गर्नु भो। यता हामीले महानगरीय प्रहरी परिसर टेकुमा साइबर क्राइम ऎन र जातीय बिभेदको मुद्दा गरेका छौभनेर उनले भनेकी छन्।

फेसबुक स्टाटस जस्ताको तस्तै!

यात्रा पर्साको..
पर्सा जिल्लाको एउटा दलित बस्तिमा ४ दिन मेरो बसाइ। जातीय बिभेद विरुद्ध हामी अब सबै ठाउँबाट जुटने छौ, गलबन्दिको बिवाद प्रकाश सपूत र शम्भु राइ बिच नरही सिङ्गो दलित समुदायलाई अपमान सामाजिक संजालमा जातीय गाली गलौज गर्नेहरूलाई सदनमा माननीय मीन बिक, बिमला बिक , महेश्वर गहतराजले कारवहिको माग समेत गर्नु भो। यता हामीले महानगरीय प्रहरी परिसर टेकुमा साइबर क्राइम ऎन र जातीय बिभेदको मुद्दा गरेका छौ।

आज ४ दिन भैसकेको छ , सम्भुराइको पक्षधरले सिङ्गो समुदायलाई खुलेलाम च्यानेन्ज दिएर दिनहुँ सानाजात, अछुत, मागिखाने जात, चोर भन्दै कुर्लिरहेको तर आजसम्म ती अपराधीलाई पक्डेको सूचना आएको छैन। हामी प्रतीक्षा गरेका छौ प्रत्यक्ष समाजमा गरिने बिभेदले त्यो समाज मात्रलाई अलि बढी असर पार्छ तर सामाजिक संजालमा बोलेका र लेखेका यस्ता जातीय गलौजले सिङ्गो समुदाय र बिश्वभरी नै नकारात्मक असर र अपमान हुन्छ। हामी बिनम्र अनुरोध र कानुनको पालना गरेका छौ र कानुनलाई सहयोग गरेका छौ।

यथासिग्र सामाजिक संजालमा जातीय विभेद गर्नेहरूलाई हतकडी लगाइयोस ।यदि फेरि बिगतमा जस्तै अहिले पनि हाम्रा मुद्दालाई र जातीय बिभेद गर्ने अपराधीहरुलाइ उम्कन दिइयो भने। हामी आफै तिनिहरुलाइ खोजेर बुझाउने छ। र देश बिदेशबाट यी घटनाको विरुद्ध शसक्त आन्दोलन हुने छ। प्रत्यक्ष गर्ने बिभेद भन्दा सामाजिक संजालमा विभेदजन्य बोल्ने र लेख्नेहरु बढी भयानक हुन र कडा कारवाही हुनु पर्छ। मेरो अभियान विभेद गर्नेलाई कारवाही र विभेद रोक्न सचेतता र हाम्रो समुदाय जहाँ दुर दराजमा छन् त्यहा पुगेर एकता गर्दै कानुन, ऎन, संविधान बुझाएर जातीय विभेद बिरुद्द एक हुनि पनि भएको हुदा ४ दिनको लागि म पर्सा जिल्लाको एउटा बिगट गाउँको दलित बस्तिमा जाँदै छु। प्रत्यक्ष फेसबुकमा जोडिन कठिनाइ हुने हुदा मलाई अर्जेन्ट पर्दा मोबाइल मा सम्पर्क गर्नु होला।
धन्यवाद सरु सुनार!