प्रेम गीत ३मा अर्को स्टार बाल कलाकार अनुभब रेग्मीको ईन्ट्री

निकै प्रतिक्षारत फिल्म प्रेम गीत ३ मा स्टार कलाकारहरुको आगमन बढेसँगै अर्का एक चाईल्ड स्टार अनुभव रेग्मीको पनि ईन्ट्री भएको छ ।
सोमबार साँझ भएको सम्झौता अनुसार अनुभवले फिल्मका मुख्य अभिनेता प्रदीप खड्काको बाल्य अवस्था अर्थात प्रेमको भूमिका निर्वाह गर्नेछन् । प्रेम सानो हुँदाको रोलमा अनुभव अत्यन्त फिट देखिए त्यसैले आज हामीले उनीसँग सम्झौता गरेका छौँ । निर्माता समेत रहेका प्रेम गीत ३ फ्रेन्चाईजका निर्देशक सन्तोष सेनको भनाई छ ।

करिब ४ करोड लागतमा बन्न लागेको प्रेम गीत ३ मा यस अघि शिव श्रेष्ठ सहित मोडलिङ फिल्डमा एउटा नयाँ पहिचान बनाउँन लागेका मनिष राउत सहितका कलाकार फाईनल भईसकेका छन् । हाल यो फिल्मको प्रिप्रोडक्सनको कार्य अन्र्तगत कास्टिङ चयनको काम अन्त्य अन्त्य तर्फ पुगेको छ । बताईए अनुसार अबको एक हप्ता भित्र प्रेमगीतकी हिरोइन को नाम पनि अनाउन्स गरिनेछ ।