देशमा नयॉं तरंङ्ग ल्याए रबि लामिछानेले, फटाहाहरुले बदनाम गर्न खोजेपनि जनताले पत्याउदैनन् !

श्रीराम पौडेल (हाल जापान)

एउटा हिन्दी फिल्म ‘नायक’ बाट शुरूवात गर्न चाहन्छु!फिल्ममा चर्चित अभिनेता अनिल कपुर एउटा पत्रकारको भुमिकामा छन् भने स्वर्गीय अभिनेता अमरेस पुरिले एउटा खराब राजनितिज्ञको भूमिका निर्वाह गरेका छन्!एऊटा खराब राजनितीज्ञले कसरी राजनितीलाई आफ्नो अनुकूल बनाऊन चाहन्छन् र जनताको आशामा कसरी प्रहार गर्दछन् भन्ने कुरा देखाऊन खोजिएको छ!जनता भोकमरी,अभाव र अशिक्षामा पिल्सिएका हुन्छन् भने सरकारी स्तरबाट जनताले स्ट्याण्डर जिबन बिताईरहेको भनेर आफ्नो धारणा राख्दछन् !

यतिकैमा मुखियमन्री (अमरेस पुरी) र पत्रकार(अनिल कपुर)बिच ईन्टरभ्युको समय तय हुन्छ! ईन्टरभ्युको दौरानमा पत्रकारले जनताको स्तर भनेजस्तो नभएको,जनता अभावबाट गुज्रीरहेको र राजनितीज्ञहरू बिलासी भएको भनी स-प्रमाण पेश गर्दछन्! यतिकैमा मुख्यमन्रीले यो कुर्चिमा बस्न सजिलो नहुने भन्दै एकदिनको लागि मुखियमन्रीको कुर्चिमा बस्न च्यालेन्ज दिन्छन्, यत्तिकैमा पत्रकारले पनि च्यालेन्ज स्वीकार गरी एकदिनको लागि मुख्यमन्री बन्दछन् र सारा भ्रष्टचारीको फाईल खोल्दछन्! त्यसपछि जनताको चाहना अनुसार पुन:लामो समयसम्मको।

लागि मुख्यमन्त्री बनेर जनताको साना-साना समस्या समाधानका लागि लडिरहन्छन्!मैले जोड्न खोजेको कुरा के हो? भने, बिगत देखिनै नेपाली समाजको यथार्थ फिल्ममा देखाईएको कहानी जस्तै छ!जनताको जिवन स्तर जहॉको त्यहीं राजनितीज्ञको जिवनस्तर बिलासी! एऊटा पत्रकारको जनतालाई सुसुचित गर्ने र जागरूक गराऊने सन्दर्भमा कस्तो योगदान रहन्छ भन्ने कुरा पनि फिल्ममा देखाऊन खोजिएको छ!त्यसैले त संचार क्षेत्रलाई देशको चौथो अंग मानिएको हो!र फिल्ममा देखाईएको पत्रकार संग रबि लामिछानेलाई जोडेर हेर्न सकिन्छ त?

पत्रकार रबि लामिछाने तिन करोड जनताका भगवान हुन ! म ऊनको निजी जिवनमा प्रवेश गर्न चाहन्न!किनकी हामि सबैको निजी जिवन पनि कुनै न कुनै प्रकरणको रणभूमि हुन सक्दछ,ब्यक्तिले जिम्मेबारी पुरा गर्यो कि नाई मुख्य कुरा हो!ऊनि अमेरिका बसेको कुरा पनि कोट्याऊन चाहन्न , किनकी म पनि बिदेशमै छु र म जस्ता पचास लाख युवा रहरले वा बाध्यताले बिदेशमा छौं!

मुख्य कुरा के हो भने ऊनले आफु आबद्द रहेको पेशालाई ईमान्दारिताका साथ निर्वाह गरेका छन् कि नाई?यत्ती त भन्छुनै ‘सिधाकुरा जनतासंग’ कार्यक्रम संचालन आएदेखि नेपाली पत्रकारिताको क्षेत्रमा एक खालको तंरग चॉही ल्याएकै हो!कुनै ब्यक्ति देशको पुलिस प्रशासन वा न्यायीक निकायले अन्याय गर्यो भनेर एऊटा निजी टेलिभिजनको ढोका ढक्ढक्याऊन पुगेको संभवत नेपालकै ईतिहॉसमा पहिले पल्ट हुन सक्दछ!

यो कार्यक्रम लाई जनताले मन पराऊनुको कारण चॉही जनताको घॉटीसम्म आएको कुरालाई लामिछानेले आफ्नो मुखबाट प्रस्फुटन गरेको हुनाले जस्तो लाग्दछ!यति हुंदाहुंदै पनि लामिछाने किन पटक-पटक बिबादमा पर्छन् वा पारिन्छन् त?यसका बिभिन्न कारण मध्ये केही कारण चर्चा गर्न चाहन्छु!एऊटा सत्य हो वा झुट हो,यसको लरो ‘सिधाकुरा प्रधानमंत्रीसंग’कार्यक्रम चलाउंदा प्रचण्डले उनलाई हटाएको कुरा ऑउदा यो हाम्रो मान्छे होईन भन्ने केहि क्रान्तिकारी हरूलाई लागेको हुनाले ऊनीहरू लामिछानेलाई जिवनभर खेद्ने प्रण गरेका होलान्!यध्धपी प्रचण्ड संगको ऊनको सम्बन्ध राम्रो नै छ जस्तो लाग्छ!

किनकी ऊनले आफ्नो ४८ घण्टे टक सो को उद्घाटन प्रचण्डबाट नै गराएका थिए!प्रचण्डको छाती पनि यति चौडा छ कि बिरोधि हरूपनि ऊनको छातिभित्र सजिलै अट्न सक्छन्!केबल बाहिरी केही कार्यकर्तामा भ्रम पर्न गएको देखिन्छ!जसको फलस्वरूप केहिदिन अगाडि प्रचण्ड मरेपनि केही फरक पर्दैन भन्यो भनेर अफवाह फैलाउने काम भयो!त्यति मात्रै होईन राजनैतिक दलले आफ्नो नराम्रो कार्य नदेखाईदिए हुने थियो,भन्ने सोंचपनि राखेको हुनसक्छन्!कुनै पार्टिको कामलाई टिप्पणी गर्यो भने ऊक्त पार्टिका कार्यकर्ता हरू कुरै नबुझि जाईलाग्ने गर्दछन्!

दोस्रो पत्रकार भित्रपनि एऊटा यस्तो गिरोह छ जस्ले लामिछानेका खुट्टा तान्ने प्रयत्न गरिरहन्छन्!लामिछाने चट्ट परेर हिंड्छन् राम्रै गाडी चढ्छन् जताततै वाहावाही छ,यो देखेर केही मीडिया भित्रैका साथिहरूलाई जलन भएको हुनसक्छ!यो आकाश यति बिशाल छ कि यहॉ ऊड्ने चराहरूले एक अर्कामा ठोकिने कुरा नसोंच्दा हुन्छ,भन्ने कुरा भुलेर लामिछानेलाई बदनाम गर्न खोज्नेको कमि देखिदैंन!
अर्को पंक्ति भनेको सरकारका केही घुय्याहा कर्मचारी र अनैतिक काम गरेर कार्यक्रममा अनुहार देखाईएका मान्छेहरू छन्!घुस मागेको कर्मचारीको अगाडि मोबाईल तेर्साएर सिदाकुराको टिमलाई बोलाईदिँऊ?भन्ने हरू धेरैछन्!केहि हाकिमहरूलाई सिधाकुराको टोली अाएको त छैन?भन्ने डर मनमा आऊन थालेको छ !यस्तो अबस्थामा लामिछानेलाई हटाऊन पाए राहत मिल्ने ऊल्टो सोचॉई राख्ने हरूको पनि कमि छैन!

कार्यक्रम लगभग चारसय भागमा प्रबेश गर्दा कुनैकुनै एपिसोट हरू विवादमा आउनु स्वाभाविक जस्तो लाग्दछ!किनकी कामगर्दै जॉदा कतिपय ठॉऊमा माननिय कमजोरी हुन सक्छन् भने कतिपय ठॉऊमा ‘मिसअन्डरस्ट्यान्डीङ’पनि हुन सक्छ!तर पत्रकारिता पेशा एऊटा संबेदनशिल र जनताको भावनासंग सिधै जोडिने हुंदा समाचारहरू बनाऊंदा पटकपटक भेरीफाई गरेर भने बनाऊनु पर्दछ!र कुनैब्यक्तिको निजी जिवन भन्दा सामाजिक बिकृति बिरूद्दनै कार्यक्रम केन्द्रित छ र हुनेछ भन्ने अपेक्षा राख्दछु!

र अन्त्यमा हाम्रो समाज यस्तो भैसक्यो कि कसैलाई छिनमै भगवान बनाऊने र कसैलाई छिनमै राक्षस बनाऊने जुन अत्यन्त गलत छ!मान्छे कमिकजोरी युक्त हुन्छ भनेर त माथि भनिसके राम्रो कामको प्रशंसा गर्ने र गल्तीलाई औंलाईदिने हो भनेपनि मान्छे अगाडी बढ्ने प्रेरणा हुन्छ!यो समाज रूपान्तरणको लागि एऊटा रबी लामिछाने मात्रै प्रयाप्त छैनन्!तंपाई हामि आफ्नो-आफ्नो ठॉऊबाट खबरदारी गर्ने भ्रष्टचारको बिरूद्द र बेथितीको बुलन्द आवाज ऊठाउने गरौं!
(यि लेखकका निजी बिचार हुन्)

समाजसेवी इशा गुरुङको यो म्यासेज पनि हेर्नुहोस