गलबन्दी फेरि हनुमानढोका पनि पुग्दै ! सरु सुनारले महानगरीय प्रहरी परिसर हनुमानढोका टेकुमा हालिन मुद्दा (भिडियो सहित)

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आजको बिषय छ सामाजिक संजालमा एउटा गायक सर्जक गलबन्दी गायक माथी जातीय गाली गलोज गर्नेलाई सामाजिक संजालबाट कारवाही गर्ने समेत उनले भनेकी छन् ।

फेसबुकको स्टाटस जस्ताको तस्तै ;

गलबन्दी फेरि हनुमानढोका पनि पुग्दै
गलबन्दी गितको विषय र गायक प्रकाश सपुतलाई गाली सगै सिङ्गो दलित समुदायलाई गाली गर्ने जातीय विभेद जन्य स्टाटस लेखी अहिलेको समयमा पनि यसरी सामाजिक संजालमा आफुलाइ सभ्य सम्झने र हामीलाई अछुत देख्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर हनुमानढोका टेकु काठमाडौमा बिधुतिय ऎन ( साइबर क्राइम ) र मुद्दा जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऎन अनुसार मुद्दा हालियो ….!!!
सभ्यताको पाठ र मानबताको परिचय , नैतिकताको शिक्षा आजसम्म नबुझेकाहरु अब ढिलो चाढो कानुनले सिकाउछ ।
देश बिदेशबाट जसरी सबै दाजुभाइ दिदिबहिनीहरुले चासो चिन्ता लिनु भो साथ दिनु भो सबैलाई धन्यवाद .. यात्रा जारी छ ।
धन्यवाद .. सरु सुनार