बन्दै गरेको पुल आँखा अगाडि बगायो (लाइभ भिडियो)

कास्कीको ताङतिङ र याङजाकोटलाई सदरमुकामसँग जोड्न ज्याम्दुस्थित मादीमा पक्की पुल बाढीले बगाएको छ । ४ बर्षअघि २०७२ सालमा १५ महिनाभित्रै सक्ने गरि मृत सञ्जीवनी निर्माण सेवाले ठेक्का पाएको थियो । ८ करोड ७ लाखमा ठेक्का सम्झौता गरिएको ८३ मिटर लामो पुल २०७४ असार मसान्त अघि नै सम्पन्न गर्नुपर्ने थियो । स्थानीयका अनुसार निर्माण कम्पनीले समयका काम नगरिदिएकोले यो क्षति भएको हो । बर्षायाममा मात्र बजेट पचाउन काम गर्ने तर अरु बेला वास्ता नगर्ने परम्पराले पुल निर्माण कार्य धकेलिएको स्थानीयको दावी छ ।
तर ठेकेदारले लामो समय काम थालेन । तोकिएको मितिमा पुल नबनेपछि २०७६ असार १५ गतेसम्मको लागि म्याद थपियो । दोश्रो पटकको पनि म्याद पनि त्यसै गुज्रियो । पछि जनप्रतिनिधिले ताकेता गरेर ठेकेदारले निर्माणको काम सुरु गरेको थियो । ढलानका लागि तयारी हुँदै गर्दा आईतबार निर्माणाधीन पुल बगाएको छ ।
निर्माण कम्पनीका रोहन थापाका अनुसार पुलमा करिब २५÷३० रकम बराबरको काम सकिएको थियो तर पुलको फाउण्डेशन बाढीले बगाएको छ । पुल निर्माणका लागि नदिको पानी डाईभर्सन गर्ने स्थानीयले प्रतिरोध गरेपछि पानी व्यवस्थित गर्न नसकिएकोले पुल बगाएको थापाले बताए ।