आमाको विलौना !!! छोरोको लागि बाटोमा माग्दै आमा

फेवाताल प्रवेश गर्ने मुख्यद्वार बाराहीघाटमा एक जना महिला आफ्नो एक वर्षको छोरोलाई काखमा लिएर सहयोग माग्न बसिरहेको छिन् । पाल्पा जिल्ला निस्दी गाउँपालिका ५ की सुकमाया दमैको छोरा होमनाथ परियार जन्मदा नै शारीरिक समस्या लिएर जन्मिए । १२ महिना पुगिसक्दा पनि अरु बच्चा सरह उनको शारीरिक विकास हुन सकेको छैन । हातखुट्टा द¥हो छ, टाउको सानो छ तर आमाको मनमा उनको छोरा अरु बच्च सरह हुने आशा जिवितै छ ।
जन्मेपछि नै बच्चा विकास नभएपछि उपचारको लागि उनले धेरै नै खर्च गरिसकेकी छन् । सुकमायाका श्रीमान् भोग बहादुर दमै गाउँमा नै सिलाई काम गर्दै आएका छन् । छोरोका उपचारको लागि आर्थिक अभाव भएपछि पोखरा तिर केही सहयोग जुटाउन सकिन्छ की भनेर श्रीमान्ले नै उनलाई पोखरा सम्म ल्याएर गएका हुन् । पोखरामा भाडाको कोठामा बस्दै उनको दैनिकी फेवाताल किनारामा मागेर बस्छिन् । उनको दुःखको कथा यो भिडियोमा ।