साप्ताहिक राशिफल : २०७६ असार ०८ देखि १४ गते सम्म (सन् २०१९ जुन २३ देखि २९ सम्म)

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
– ९८४२२१९७३५
साप्ताहिक राशिफल
२०७६ असार ०८ देखि १४ गते सम्म (सन् २०१९ जुन २३ देखि २९ सम्म)
सर्वप्रथम यो साता भित्र पर्ने मुख्य पर्व तथा दिनहरु
असार ८ गते– रुद्रि पुजा (शिववास) र अग्निवास होमादी कार्य जुरेको दिन छ ।
असार ९ गते – शुभ बिवाह मुहूर्त जुरेको दिन छ ।
असार १० गते – भौमाष्टमी व्रत, गोरखकाली पुजा, शुभ विवाह मुहूतर्, रुद्रि पुजा (शिववास) र अग्निवास होमादी कार्य जुरेको दिन छ ।
असार ११ गते – भूमी पुजा, शुभ विवाह मुहूर्त र अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस ।
असार १२ गते – नक्वादिशी, बच्चाको अन्नप्राशन (पास्नी) मुहूर्त , नयाँ व्यापार व्यावसायको शुरुवात – दोकान खोल्न) मुहूर्त, शुभ विवाह मुहूर्त र अग्निवास होमादी कार्य जुरेको दिन छ।
असार १३ गते – स्मार्तहरुको योगिनी एकादशी व्रत र रुद्रि पुजा (शिववास) जुरेको दिन छ ।
असार १४ गते – वैष्णवहरुको योगिनी एकादशी व्रत, रुद्रि पुजा (शिववास) र अग्निवास होमादी कार्य जुरेको दिन छ ।

यो साता ग्रह गोचरको अवस्था
चन्द्रमाले यो साता मा असार ८ र ९ गते कुम्भ राशि, १० र ११ गते मिन राशि, १२, १३ र १४ गते दिउँसो २ बजेर २३ मिनेट सम्म मेष राशि र त्यसपछि वृष राशिमा प्रवेश गर्नेछन । अन्य ग्रहहरु शुक्र वृष राशिमा, मंगल, राहु र सुर्य मिथुन राशिमा, बुध कर्कट राशिमा, बृहस्पति बृश्चिक राशिमा, शनी र केतु धनु राशिमा गोचर गर्नेछन । ग्रहहरुको यो अवस्थाले प्रत्येक राशिमा के असर पर्छ भनेर विष्लेषण गरि यो साप्ताहिक राशिफल तयार गरिएको छ ।

अब शुरु गरौं साप्ताहिक राशिफल बाट

मेष राशि  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ० – यो साता चन्द्रमाले तपाईको एकादश, द्धादश, प्रथम र द्धितीय भावको गोचर गर्नेछन । अन्य ग्रहहरु शुक्र धन भाव र बुध चतुर्थ भावमा गोचर गर्नेछन । यो साता तपाईका ईच्छा र चाहना पुरा हुनेछन । मनमा सकारात्मक भावना हरु तरंगित हुनेछन । ईज्जत र प्रतिष्ठा बढ्नेछ । आत्मविश्वास र आत्मसम्मान उच्च रहनेछ । व्यापार व्यावसाय बाट लाभ हुनेछ । आयात निर्यात सँग सम्बन्धित कारोबार मा बढोत्तरी हुनेछ । नयाँ क्षेत्रमा लगानी गर्न सकिने योग छ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । परिवार का सदस्य सँगको घनिष्ठता थप मजबुत हुनेछ । तपाईले चाहेको क्षेत्रमा लगानी गर्न जिवन साथी बाट आर्थीक सहयोग हुन सक्नेछ । विद्यार्थीको पढाईमा मध्यम अवस्था रहनेछ । आफुले सोचे जस्तो अंक हाँसील गर्न बढि परिश्रम आवश्यक देखिन्छ । प्रेम सम्बन्ध पनि यो साता मिश्रित रहनेछ । कतीपय विषयमा विवाद हुँदा भावनात्मक दुरी बढ्न सक्नेछ । सचेत रहनुहोला । तपाईका लागि यो साता मंगलबार र बुधबार तुलनात्मक रुपमा कमजोर दिनहरु रहनेछन । स्वास्थ्य कमजोर हुन सक्नेछ। परिवारका सदस्यले तपाई माथी अपशब्द प्रयोग गर्दा चिन्ता बढ्न सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु शुभ हुनेछ ।

वृष राशि (उ, ए, ओ, बा, बि, बु, बे, बो) – यो साता चन्द्रमाले तपाईको दशम, एकादश, द्धादश र प्रथम भावमा गोचर गर्नेछन । शिरमा शुक्र र धन स्थानमा राहु , मंगल र सुर्यको प्रभाव रहनेछ । सो साता तपाईको कार्यक्षेत्रमा सुधार हुनेछ । पेशागत क्षेत्रमा यो साता तपाईको प्रभाव बढ्नेछ । तपाईको निर्णय क्षमताको सबैले प्रशंसा गर्नेछन । व्यापार व्यावसाय बाट प्रशस्त धन आर्जन हुनेछ । शुक्रको बलियो प्रभावले फेशन, डिजायन तथा डेकोरेशन सँग सम्बन्धित बस्तु तथा सेवाको कारोबार बाट बढि लाभ हुने देखिन्छ । औषधि सम्बन्धि कारोबार मा पनि यो साता वृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुखद रहनेछ तर सन्तान सम्बन्धि समस्या देखिन सक्नेछ । बालबच्चाको स्वास्थ्यमा खराबी उत्पन्न हुन सक्नेछ । बिहिबार र शुक्रबार बढि यात्राहरु हुने छन । देश विदेशका टाढा रहनु भएका व्यक्तिहरु सँग सम्पर्क स्थापित हुने देखिन्छ । खर्चको मात्रा बढ्न सक्नेछ । विद्यार्र्थीको पढाईका लागि सकारात्मक समय छ । राम्रो परिश्रम गर्नुभएमा सोचे जस्तै उपलब्धि हाँसिल हुनेछ । प्रेम सम्बन्ध पनि सफल रहनेछ । प्रेमी बाट निरन्तर साथ र सल्लाह प्राप्त हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि देविको पुजा आराधना गर्नू शुभ हुनेछ ।

मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, ह) – यो साता चन्द्रमा ले तपाईको नवम, दशम, एकादश र द्धादश भावमा हुनेछ । बुधको गोचर धन स्थानमा हुनेछ । यो साता तपाईको समाजका गतिविधिमा सक्रियता देखिनेछ । समाजमा बलियो प्रभाव जमाउन सक्नुहुनेछ । अन्य मानिस हरु तपाई प्रति आकर्षित हुनेछन । व्यापार व्यावसायमा सकारात्मक समय रहनेछ । नोकरीमा सफलता मिल्नेछ । वरीष्ठ अधिकारी बाट तपाईको कार्यको उच्च मुल्यांकन हुनेछ । माता पिता सँगको सम्बन्ध थप मजबुत हुनेछ । उहाँहरुको आशिर्वाद र मार्गदर्शन तपाईका लागि अमुल्य बन्न सक्नेछ । साथी भाई एवं ईष्टमित्र सँग कतिपय विषयमा विवाद पर्न सक्नेछ । तपाईका विरुद्ध गोप्य रुपले योजना बनाउन सक्नेछन । सचेत रहनुहोला । । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । यो साता कुटुम्ब पक्षबाट समेत साथ र सहयोग प्राप्त हुन सक्नेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको पुरा मुल्य प्राप्त हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान विष्णुको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)– यो साता चन्द्रमाको गोचर तपाईका लागि अष्टम, नवम, दशम र एकादश भावमा हुनेछ । मंगलको गोचर व्यय स्थान र बुधको गोचर शिरमा रहनेछ । साताको शुरुका दिन आईतबार र सोमबार अचानक समस्या आउन सक्नेछन । आर्थीक समस्या बढ्नेछ भने चिन्ता ले ग्रस्त पार्न सक्नेछ । अप्ठ्यारो परिस्थितीमा परिवार बाट भने उचित तवरले साथ र सहयोग हुनेछ । मंगलबार देखि दिनहरु शुभ रहनेछन । आत्मविश्वास बढ्नेछ । यो साता कलात्मक एवं सिर्जनात्मक कार्यमा तपाईको मन जानेछ । साताका मध्य तिरका दिनहरुमा व्यापार व्यावसाय बाट आर्थीक अवस्था सबल रहने देखिन्छ । जग्गा जमिन, गरगहना एवं सवारी साधन जोड्न सकिने योग छ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । जसले मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जिवनमा सामान्य समस्या हरु देखिन सक्नेछन । तर ठुलो समस्या भने हुनेछैन। विद्यार्थीको पढाईमा विभिन्न कारण बस उतारचढावहरु आउन सक्नेछन । आफ्नो पढाईमा सचेत हुनु आवश्यक छ। यो साता ग्रहको शुभ प्रभावका लागि हनुमानको आराधना गर्नु उत्तम हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – यो साता चन्द्रमाले तपाईको सप्तम, अष्टम, नवम र दशम भावको गोचर गर्नेछन । समग्रमा सिंह राशिका लागि यो साता मिश्रित रहनेछ । साझेदारीका कार्यमा विवाद देखिन सक्नेछ । नयाँ व्यक्तित्वहरु सँग चिनजान हुनुका साथै अतिथी सत्कार मा केहि समय बित्नेछ । बच्चाको स्वास्थ्य विग्रनाले मनमा चिन्ता बढ्न सक्नेछ । विहिबार र शुक्रबार चन्द्रमाको नवम भावमा गोचर का कारण विभिन्न ठाउँमा यात्रामा जाने योग छ । बुध र सुर्यको पनि प्रभाव लाभ स्थानमा पर्ने हुनाले तपाईको कार्यक्षमता बढ्नेछ । आम्दानी बढ्नेछ । व्यापार व्यावसायमा बढोत्तरि हुनेछ । धार्मीक एवं सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ। विद्यार्थीको पढाई मन जानेछ । तपाईको परिश्रम अनुसार नै अंक प्राप्त हुने योग छ । यो साता तुलनात्मक रुपमा मंगलबार र बुधबार कमजोर दिनहरु रहेका छन। यात्रा गर्दा विशेष सजगता अपनाउनु होला । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान सुर्य लाई जल चढाउनु एवं सुर्यको पुजा आराधना गर्नु उत्तम हुनेछ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो ० – यो साता चन्द्रमाले तपाईको षष्टम, सप्तम, अष्टम र नवम भावमा गोचर गर्नेछन । छैठौ भावमा क्षिण चन्द्रमाको गोचर का कारण कार्यक्षेत्रमा समस्या देखिन सक्नेछ । घरपरिवार का कारण तनाव बढ्न सक्नेछ । स्वास्थ्य अवस्थामा समेत गिरावट आउन सक्नेछ । रोग प्रतिरोध क्षमता कमजोर रहनेछ। आफ्नो आहार विहार मा ध्यान दिनु उत्तम हुनेछ । आर्थिक लेनदेनका विषयमा विवाद पर्न सक्नेछ । समग्रमा आर्थीक अवस्था मिश्रित रहनेछ । व्यापार व्यवासाय मा उतारचढावहरु देखिन सक्नेछन । शनिबार को दिन भने शुभ रहेको छ । अवस्थामा सुधार हुनेछ । कुनै नयाँ ठाउँको भ्रमण गर्न अवसर जुट्नेछ । आफ्नो जिवन साथीको साथ र सहयोग ले आत्मविश्वास भने कायम नै रहनेछ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । नयाँ व्यक्ति सँग प्रेम सम्बन्ध स्थापित हुन सक्नेछ । विद्यार्थीको पढाईमा प्रगती हुनेछ । गुरुहरु बाट तपाईलाई महत्वपुर्ण मार्गदर्शन हुनेछ । तुलनात्मक रुपमा विहिबार र शुक्रबार तपाईका लागि कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान विष्णुको पुजा आराधना गर्नु शुभ हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते० – तुला राशिका लागि यो साता चन्द्रमाले तपाईको पञ्चम, षष्टम, अष्टम र नवम भावमा गोचर गर्नेछन । यो साता तपाईको बौद्धिक विकासका लागि अवसर जुट्ने देखिन्छ । तपाईको निर्णय गर्न सक्ने क्षमता पनि अब्बल रहनेछ । घरपरिवार मा रमाईलो वातावरण कायम हुनेछ । कार्य स्थलमा पनि सकारात्मक समय रहनेछ । शत्रुहरु पराजित हुनेछन । साझेदारीका कार्यबाट उचित मुनाफा आर्जन हुनेछ । आर्थीक अवस्था सबल रहनेछ। साथीभाईको साथ र सहयोग ले अप्ठ्यारा काम समेत बन्नेछन । यो साता व्यापार व्यावसायमा सकारात्मक अवस्था रहनेछ । साताको अन्त्य तिरका दिनमा चन्द्रमाको गोचर अष्टम भावमा हुने हुनाले स्वास्थ्य बिग्रने एवं अनावश्यक कार्यमा धन खर्च हुन सक्नेछ । तर अन्य दिनहरु भने शुभ रहेका छन । धार्मीक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्ने हरुका लागि कार्य स्थलमा कामको बोझ थपिन सक्नेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । बिद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । अध्ययनमा मन लाग्ने र पढेको कुरा याद हुने समय रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु०– यो साता चन्द्रमाको गोचर तपाईका लागि चतुर्थ, पञ्चम, षष्टम र सप्तम भावमा हुनेछ । वृश्चिक राशिका लागि यो साता सबल रहेको छ । घरपरिवारमा तपाईका बारेमा चर्चा परिचर्चा हुनेछ । यदि तपाई अविवाहित हुनुहुन्छ भने आफ्ना आफन्त बाट विवाह का लागि प्रस्तावहरु आउन सक्नेछन । माता पिता सँग महत्वपूर्ण विषयमा छलफल र सल्लाह हुनेछ । अरुका अगाडी आफ्नो सिर्जनात्मक एवं कलात्मक क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ । कला, संगित,चलचित्र तथा अभिनय संग सम्बन्धित कार्य गर्नेहरुका लागि नाम र दाम कमाउने अवसर हुनेछ । यो साता तपाँईका विरोधिहरु पराजित हुनेछन । रोग प्रतिरोध क्षमता पनि सबल रहनेछ । आर्थीक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यापसाय बाट पनि उचित लाभ मिल्नेछ । नोकरी गर्ने हरुका लागि पनि शुभ समय रहने देखिन्छ । सन्तान बाट सुख हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । आफ्नो प्रेमी सँग कुनै नयाँ ठाउँमा गई रमाईला पलहरु बिताउन सक्नुहुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे०– धनु राशिका लागि यो साता चन्द्रमाको गोचर तृतीय, चतुर्थ पञ्चम र षष्टम भावमा हुनेछ । साथीभाई सँगको घनिष्टता बढ्नेछ । दाजु भाई बाट पनि आवश्यक परेको बेलामा सहयोग प्राप्त हुनेछ । यो साता छोटा र रमाईला यात्राहरु हुने योग छ । मंगलबार र बुधबार चतुर्थ चन्द्रका कारण पारिवारिक समस्याका कारण चिन्ता बढ्न सक्नेछ । माता पिताको स्वास्थ्यमा समेत कमजोरी देखिन सक्नेछ । तर बिहिबार देखि भने अवस्थामा महत्वपूर्ण सुधार हुनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । प्रशस्त धन आर्जन हुने एवं बचत पनि हुने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । नोकरीमा सफलता मिल्नेछ । नोकरी मा स्थान परिवर्तन हुने एवं जिम्मेवारी हेरफेर हुन सक्नेछ । सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । समाजका महत्वपूर्ण व्यक्तिहरु सँग परिचित हुने अवसर जुट्नेछ ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । जिवनसाथी सँग पनि भावनात्मक दुरी बढ्न सक्ने देखिन्छ । सुमधुर सम्बन्धका लागि जिम्मेबार हुनु आवश्यक देखिन्छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । अध्ययन कार्यमा मन जानेछ । यो साता नयाँ सोचका साथ अध्ययन मा लाग्नु उत्तम हुनेछ । प्रतिस्पर्धिलाई चुनौती दिन सक्नुहुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि०– यो साता चन्द्रमा ले तपाईको द्धितीय, तृतीय, चतुर्थ र पञ्चम भावमा गोचर गर्नेछन । समग्रमा तपाईका लागि यो साता सबल रहनेछ । धन लाभ हुनेछ । नयाँ क्षेत्रमा लगानी गर्ने अवसर जुट्नेछ । कुनै पनि चुनौतीको सामना गर्न तपाई सक्षम हुनुहुनेछ । आत्मविश्वास र आत्म सम्मान उच्च रहनेछ । नोकरी गर्नेहरुका लागि यो साता केहि कमजोर रहनेछ । सहकर्मी साथी बाट तपाईका विरुद्ध उजुरी गर्ने वा हाकीम लाई कुरा लगाउन सक्ने अवस्था आउनेछ । सजग रहनुहोला । विहिबार र शुक्रबार आमाको स्वास्थ्यमा समस्या देखिन सक्नेछ । तर पारिवारिक सम्बन्ध भने थप प्रगाढ हुनेछ । व्यापार व्यावसाय मा विस्तार हुनेछ । बिरोधीहरु पराजित हुनेछन । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । प्रेम सम्बन्ध सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । बिद्यार्थीको पढाईमा विभिन्न बाधा एवं समस्याहरु देखिन सक्नेछन । चुनौतिहरु लाई पार लगाउँदै पढाईमा मन लगाउनु जरुरी छ । यो साता ग्रहको शुभ प्रभावका लागि हनुमान चालीसाको पाठ गर्नु शुभ हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द० – कुम्भ राशिका लागि यो साता चन्द्रमाले प्रथम, द्धितीय, तृतीय र चतुर्थ, भावमा गोचर गर्नेछन । समग्रमा तपाईको यो साता सफल रहनेछ । मानसीक अवस्था सुदृढ रहनेछ । जिम्मेवारी बोधका साथ कुनै पनि कार्यलाई कुशलता पुर्वक सम्पन्न गर्नु हुनेछ । तपाई सँग मनमुटाव भएका व्यक्तिहरु समेत यो साता नजिक हुन चाहनेछन । सिर्जनात्मक एवं अभिव्यक्ति क्षमता बढनाले मन हर्षित हुनेछ । आफ्ना भाई बहिनी सँगको सम्बन्ध प्रगाढ हुनेछ । उनिहरुबाट अप्ठ्यारो परिस्थितीमा साथ र सहयोग समेत प्राप्त हुनेछ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । सामाजिक क्षेत्रमा समेत तपाईको यो साता योगदान पुग्ने देखिन्छ । सन्तान बाट सुख र सन्तुष्टि प्राप्त हुनेछ । तपाईका बिरोधि हरुको मनोबल कमजोर हने देखिन्छ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो सुखदुखमा प्रेमीको साथ र सहयोग प्राप्त हुनेछ । शनिबार भने तुलनात्मक रुपमा कमजोर दिन देखिएको छ । शनिबार कुनैपनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ।

मिन राशि  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि०– यो साता चन्द्रमाले तपाईको द्धादश, प्रथम, द्धितीय, र तृतीय भावमा गोचर गर्नेछन । साताको शुरुमा आईतबार र सोमबार स्वास्थ्य बिग्रने एवं चिन्ता बढ्ने योग छ । पारिवारिक समस्या का कारण अनावश्यक यात्रा हुने एवं खर्च बढ्न सक्नेछ । मनलाई शान्त पार्न आध्यात्मिक एवं सामाजिक कार्यमा लाग्नु शुभ हुनेछ । कुनैपनि निर्णय गर्नू अघि राम्रो सोच विचार गर्नु आवश्यक देखिन्छ अन्यथा पछि गएर पछुताउनु पर्ने हुन सक्छ । बिहिबार र शुक्रबार धन स्थानमा चन्द्रमाको प्रभाव रहने हुनाले प्रशस्त धन आर्जन हुनेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यावसाय बाट उचित मुनामा आर्जन हुनेछ । पारिवारिक जिवन मिश्रित रहनेछ । समस्या समाधानका लागि दाजु भाई दिदी बहिनी का साथै कुटुम्ब पक्षबाट समेत साथ र सहयोग प्राप्त हुनेछ । नोकरी गर्नेहरुका लागि नयाँ कामको अनुभव गर्न पाईने अवसर हुनेछ। बिद्यार्थीको पढाईमा प्रतिकुल समय देखिन्छ । विभिन्न कारणबस पढाई विग्रन सक्नेछ । सचेत रहनुहोला । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिन सक्नेछन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान बिष्णुको पुजा आराधना गर्नु शुभ हुनेछ।