गुल्मी चिनाउने गीत “कफि पिउन जाउ” सार्बजनिक (भिडियो सहित)

महेश बोहरा, गुल्मी
गुल्मी जिल्लाको समग्रबस्तु स्थिती समेटर तयार पारिएको गुल्मी चिनाउने गीत सार्वजनिक भएको छ । गुल्मी जिल्लामा रहेका बिभिन्न पर्यटकीय धार्मिक तथा एतिहासिक ठाउँहरुलाई समेटेर गीत तयार गरिएको छ । गुल्मी जिल्ला कफिको लागी नेपाल कै प्रसिद्ध जिल्ला हो । यस्तै चारधाम मध्येको रुरु क्षेत्र पनि एक हो । यहाँ बिभिन्न धार्मिक तथा पर्यटकीय स्थानहरु पनि रहेका छन । रेसुङ्गा, अर्जुन डाडाँ त्यस्तै सत्यवति लेक लगातका धेरै पर्यटकीय सम्भावना बोकेका स्थानहरु छन । जसको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेका छन । यस्तै गुल्मी जिल्ला चिनाउने गीत १२ बर्ष अगाडी तयार पारीएको हो तर अहिले भरखर मात्रै यसको गुल्मी जिल्लालाई चिनाउने ठाउँहरु समेटेर यसको म्युजिक भिडियो तयार गरिएको छ ।

हेरौ साही म्युजिक भिडियो ।