दलित भएका कारण सहकर्मिबाट बिभेद

पोखराको एक प्रतिष्ठीत अस्पतालमा विगत १९ वर्षदेखि नर्सको रुपमा काम गर्दै आएकी शान्ति परियार आफ्नै सहकर्मीहरुले जातिय विभेद भएको भन्दै सञ्चारमाध्यम समक्ष आएकी छिन् । पोखरा १५ बस्ने परियार पोखराको फेवासिटी हस्पिटलमा एन आईसीयू विभागमा कार्यरत छिन् । सहकर्मीहरुले फेसबुकको ग्रुप च्याटमा उनीमाथि जातिय आधारमा तथानाम गाली गर्ने, विभेदजन्य शब्दको प्रयोग गर्ने, सुन्नै नसकिने अपशब्द प्रयोग गर्ने काम भएको पिडीतले आज पत्रकार सम्मेलन गरेर विज्ञपप्तिमा उल्लेख गरेकी छन् ।
आफुमाथि भएको जातिय विभेदको विरुद्धमा अस्पताल प्रशासनलाई जानकारी गराउँदा पनि अस्पताल पक्षले सामान्य रुपमा लिएको परियारको गुनासो छ । अस्पताल प्रशासनले सामान्य औपचारिकतामा मात्र माफी माग्न लगाएको शान्तिले बताईन् ।  जातिय आधारमा गरिने विभेदजन्य गतिविधी कानूनी रुपमै पनि दण्डनीय छ । सामाजिक सञ्जालको प्रयोग गरि विभेदजन्य क्रियाकलाप गरिएको हुँदा साईबर अपराध अनुसार कै आधारमा पनि कारवाही हुनुपर्ने पिडीत पक्षको माग छ । तर पिडक भनिएका सहकर्मीहरुले आफुहरुले पटक–पटक माफी माग्दा घटनालाई ठूलो बनाउने प्रयास गरिएको बताएका छन् संयुक्त दलित संघर्ष समिति कास्कीले जातिय आधारमा हुने विभेदजन्य क्रियाकलाप सह्य नहुने बताएको छ ।