अचम्मका व्यक्ति भेटिए गुल्मीमा, नुन बाहेक अरु किनेर खादैनन , भिडियो खिच्न मान्दैन्न ।(भिडियो सहित)

प्रेम सुनार
बुटवल, । गुल्मीको वाग्लास्थित एक टोलमा दुर्लभ मानव स्वभावका दुई दाजु भाई रहेका छन । ७४ वर्षको उमेर सम्म खाली पैतला हिडेका छन । खर्चका नाममा नुन शिवाय अरु किन्दैनन । त्यो उमेरसम्म कहीले पनि भुटन राखेको दाल वा तरकारी खाँदैनन् । दाजु भाई तावामा खरानी राखेर रोटी पकाएर खान्छन् । यो उमेर सम्म किन विबाह गर्नु भएन रु भन्ने प्रश्नमा सम्पत्ती सक्न बेकारमा अर्काकी छोरी किन पाल्ने भन्ने जवाफ दिन्छन । उनीहरु नयाँ कपडा कहिले पनि किन्दैनन् । अर्काले दिएका पुराना कपडा लगाउछन् र उक्त कपाडा कहिले पनि धुदैनन् । उनीहरुले अहिले सम्म माछा मासु किनेका छैनन् ।

बिस्तृत भिडियोमा हेर्नुहोस ।

दाजु भाई अर्काले त्यसै दिएको माछा मासु खान्छन्। सम्पत्ती नभएर होइन । उनहरुको पन्ध्र –सोह्र मुरी धान फल्ने खेत छ भने त्यति नै बारी पनि छ । उनीहरु हुन धुर्कोट गाउँपालिका वडा नम्वर ७ , वाग्ला गाउँका ७४ वर्षीय ईन्द्रलाल गिरी र उनको ६९ वर्षीय भाई भिमलाल गिरी। दाजु ईन्द्रलाल अहिलेसम्म एकचोटी मात्रै नागरिकता बनाउनका लागि सदरमुकाम तम्घास पुगेका छन्। ईन्द्रलाललाई तम्घास कस्तो छ भन्ने हेक्का पनि नभएको उनी बताउँछन् । हुन त उनी अर्को बाटो हुँदै दिल्ली पनि पुगेका हुन । जहाँ पुगेर गुड्दै गरेको रेल लिकमा उभिएर रोक्न खोजेका उनी संयोगले बाँचे । ईन्द्रलालले रेल जहाँ रोक्न खोजे त्यही रेल रोकिने स्टेशन परेको थियो । उनी खाली पैतालो गए , खाली पैतालो नै फर्किए । भाई पनि एक चोटी भारत गएको उनी सुनाउछन् । उनले अरुले दिएका एक जोर छालाको जुत्ता लगाउँदै आएको उनी बताउछन् । उनले त्यहाँबाट फर्केर सिर्सेनीकी एउटी युवती विवाह गरे ।