पोखराको नालीमा भेटियो नाल नकाटेको बच्चा

पोखरा । पोखराको नहरमा नाल नकाटेको बच्चा भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा नवजात शिशु मृत अवस्थामा फेला परेको हो । स्थानीए भन्छन् पाएको सात आड घण्टाको जस्तो देखिने पुरुष जातको शिशु मृत अबस्थामा काहुँखोलामा बिहिबार साझँ भेटिएको हो । स्थानियले खबर गरेपछि प्रहरी टोलीले शिशुलाई खोलाबाट निकालेको हो । नवजात शिशुलाई शिशुकी आमाले जन्मदिने बितिकै खोलामा फालेको हुनसक्ने स्थानियले बताएका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।