गैर आबासिय नेपाली संघ बेलायतको निर्णयको आधारमा परिवर्तन गर्ने गरी मिडलैन्डमा भयो एकता!

स्कटनेपाल युके,

गैर आबासिय नेपाली संघ बेलायतको चुनाब नजिकीदै जाँदा आकांक्षीहरुले उम्मेदबारी घोषणा गरेका छन। यसै बिच गैर आबासिय नेपाली संघ राज्य समन्वय परिषद इङगलैन्ड संयोजक पद का आकांक्षी एबं गैर आबासिय नेपाली संघ बेलायतमा उपाअध्यक्ष पदका प्रबल दाबेदार कृष्ण पौडेलले गैर आबासिय नेपाली संघ बेलायतको निर्णयको आधारमा पद परिवर्तन गर्ने गरी गैर आबासिय नेपाली संघ बेलायतको एक कार्यकारी सदस्यमा उम्मेदबारी दिने भएका छन।

जलाई १७ मा भएको मिडलैन्डको संयुक्त चुनाबी घोषणामा पौडेलले यो बताएका हुन। मिडलैन्डका समाजसेबी हरुको १० जुनमा बर्मिङगममा बसेको एकता बैठकले गरेको निर्णय अनुसार चुनाब भन्दा पहिले हुने गैर आबासिय नेपाली संघ बेलायतको बिधान समितीको बैठक र अधिबेसनले राज्य समन्वय परिषद इङगलैन्ड गठन गर्ने र गैर आबासिय नेपाली संघ बेलायतमा क्षेत्रिय उपसभापती बनाउने भएमा पौडेलले रोजेको कुनै एक पदमा मिडलैन्ड बाट उनी एक मात्र उम्मेदबार बनाउने सर्तमा गैर आबासिय नेपाली संघ बेलायतको चुनाबमा उपसभापती पदको उम्मेदबारी छाडेका हुन।

यो बारे मा पौडेल संग सम्पर्क गर्दा पौडेलले सहमती अनुसार गैर आबासिय नेपाली संघ बेलामतमा संघ को बिस्तार को लागी बिकेन्द्रीकरण जरुरी भएको र आफ्नो पदको परिबर्तन १९-२१ को कार्यसमितीको उम्मेदबारी दर्ता हुने बेला सम्म गैर आबासिय नेपाली संघ बेलायतको निर्णयको आधारमा जती बेला पनी परिबर्तन हुने तर यो परिबर्तनले मिडलैन्डको एकता कायम नै रहने बताए।
जलाई १७ मा भएको मिडलैन्डको संयुक्त चुनाबी घोषणामा पौडेलको दमदार अभिव्यक्ति :
भिडियो स्रोत : लन्डननेपालन्युज डट कम