स्वेता खड्का अस्ट्रेलियामा बेहुली बनिन

ट्युमरको शल्यकृयापस्चात नेपाल आएर आराम गरिरहेकी चर्चित नायिका स्वेता खड्का मे २१ तारिखका दिन पहिलो पटक सार्वजनिक भइन वालुवाटारमा । सुबिधायुक्त ५३ घरको माझी बस्ती निर्माणमा जुट्नु भएकी स्वेतालाई लाई जुजुधौ, केक, फूलको गुच्छा र खादाद्धारा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अस्ट्रेलिया र अमेरिका निवासीहरुबाट संकलन गरिएको १ लाख ३२ हजार पाँच सय रुपयाँ माझी बस्ती निर्माणका लागि हस्तान्तरण गर्नका लागि बिभिन्न क्षेत्रका सेलिब्रिटिहरुको उपस्थितिमा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले आयोजना गर्नु भएको कार्यक्रममा स्वेता पहिलो पटक सार्वजनिक हुनुभएको थियो ।

नेपालमा आटिजम प्रभावित बच्चाहरुप्रति लक्षित बिशेष स्कूल संचालन गरिरहेकी सबिता उप्रेतीको संस्थाद्धारा लक्षित बिशेष स्कूल भबन निर्माणको सहयोगार्थ एनआरएनए अष्ट्रेलियाले आयोजना गरिरहेको परोपकारी डिनर कार्यक्रममा जुन १० मा सिड्नीमा नायिका स्वेता खड्का सहभागी भइन । ट्युमरको शल्यकृयापस्चात बिदेशमा औपचारिक रुपमा देखा परेको यही नै उन्को पहिलो कार्यक्रम थियो । कार्यक्रममा नायिका खड्काले प्रभाबकारी मन्तब्य पनि दिइन ।

जहिंतहीं बिहेको प्रश्नको सामना गर्न पर्ने नायिका खड्काले सिड्नीमा पनि अन्तरबार्ताको क्रममा यो प्रश्नको सामना गर्नु पर्‍यो । बिहेको सम्बन्धमा उन्को जबाफ संधै एउटै रहने गरेको छ, “माथिबाट पहिला नै तय हुने कुरा हो, यो आफूले चाहेर हुने कुरा होइन । हुने हुनामी टारेर टर्दैन । जे हुनुछ, भएरै छाडछ ।” आफूले घरजम गरोस भन्ने अधिकांशको चाहनाप्रति धन्यवाद दिने नायिका खड्का नेपालमा पनि थुप्रै सेलिब्रिटीहरुको प्रेमको कुरा आउन पाएको हुन्न फेरि ब्रेकअपको कुरा सुन्न परेकोमा प्रेमलाई त्यसरी हल्का रुपमा नलिन पनि सुझाब दिन्छिन ।

आफ्नै भाई बुहारीसंग सिड्नीमा समय बिताइरहेकी र आराम गरिरहेकी नायिका स्वेता खड्काका सिड्नीबाट बेहुलीको भेषमा यी फोटोहरु आएका छन र धेरैको चाहना पनि छ उन्लाई यो रुपमा देख्न सकियोस ।
फोटो: Ankit KC
श्रृंगार: Heshela hair Salon का तर्फबाट ब्युटिसियन Sonam Shrestha