जनता माथि हात हाला-हाल ! मान्छे बगाउने नहरको बिषयमा बिवाद

असार २, पोखरा । पोखरा महानरपालिकाको वडा नं. १७ मा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । बिरौटामा रहेको ड्यामसाईडबाट आउने जलविद्युत आयोजनाको नहरमा पोखराको माथिल्लो भेगबाट आउने नहरको पानी मिसाईएको छ । वर्षाका बेला मिसाईएको पानी सडकभरी भएर सडक नै अबरुद्ध भएको र वरपरीको घर तथा स्थानीयहरुमा पनि जोखिम बढेकाले स्थानीयले बिरोध गरेका हुन् ।


पानी पर्दा पोखरा भरीकै पानीको अन्तिम निकास नै सोही नहर भएकाले उक्त ठाउँमा विशेष प्रभाव परेको छ । सडकभरी पानी जम्ने हुँदा अत्याधिक दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । ‘बाटोमा खाल्डा–खुल्डी छ त्यसमाथि पानी जमेपछि बाटो देखिन्न’ एक स्थानीयले भने । पानीले खाल्डा–खाल्डी ढाकेपछि अत्याधि मात्रामा दुईपांग्रे सवारी साधनहरु दुर्घटना पर्ने गरेको छ ।
स्थानीयले विरोध पछि वडा कार्यालयमा प्रहरीले सुरक्षा दिएको थियो । स्थानीयले उक्त स्थानमा वडा अध्यक्ष स्वयम् उपस्थित भएर केही प्रतिबद्धता नजनाएसम्म कार्यालयको ढोका खोल्न नदिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । आफुहरु वडा कार्यालय पुग्दा वडा अध्यक्ष, सचिव तथा कार्यकारी कुनै पनि सदस्य नभएको हुँदा कार्यालयको ढोका लगाएको बताएका छन् । प्रहरीले वडा कार्यालयको ढोका खोल्न सामान्य धकेला–धकेल गर्नुपरेको थियो । तर वडा अध्यक्ष भने सो स्थानमा नगई कार्यकक्षमा गए ।
वडा अध्यक्षले केही स्थानीय प्रतिनिधीहरुसँग बार्ता गर्ने बताएपछि वडा कार्यालयमा सेवाग्राहीबाहेकलाई अन्यलाई प्रबेश निषेध गरेको थियो । जनताको भोटले बनेका वडाअध्यक्षले प्रहरीको बलमा जनतालाई नै निषेध गरेकोमा स्थानीयले चर्काे विरोध गरेका थिए ।
घर घरै पानि पस्छ तर स्थानिय सरकार बल प्रयोग गर्दै छ दैनिकी दुख टुलु टुलु हेर्ने लाई सुख दीनु पर्दैन ?