‘जय जय बागलुङ काली’ नयाँ अवतारमा के गरे यस्तो गौतमले (भिडियो सहित)

काठमाडौं । नेपाली शास्त्रीय गजल गायनमा फरक प्रभाव जमाउँदै आएका गौतमले दर्शक तथा श्रोताका लागि नयाँ कोसेली लिएर आएका हुन् ।गायक थानेश्वर गौतमको नयाँ गीत ”जय जय बाङ्ग्लुङ्ग काली” सार्वजनिक भएको छ । खास यस गितले के देखाउन खोजेको हो भन्ने अहिले भन्दा पनि एक पटक भिडियो दृश्य हेर्न गायक गौतमले दर्शकहरुलाई आग्रह समेत गरेका छन।

नेपाली मौलिक गीत सालैजो, रोइला, पञ्चेबाजा, चलचित्र जुन सुकै विधामा उतिकै सफल गायक गौतमले दर्शक तथा श्रोताका लागि नयाँ कोसेली ल्याएका हुन् । जस्तासुकै गीत पनि गाउन सक्ने मेलोडियस गायक भनेर परिचय बनाएका गौतमले यसपटक शास्त्रीय शैलीमा तयार भएको भजन ल्याएका हुन् ।

उक्त गीतको भिडियो छायांकन सुजन बजगाईं, राजन के सी र रोबिन घिमिरेले गरेका छन् । त्यसैगरी भिडियो सम्पादन सुरेश राउत गरेका छन् भने स्वर, संगीत एवम् निर्देशन गायक गौतम आफैले गरेका छन् । शब्द प्रभा बर्तौलाको रहेको यो भजनको भिडियो बाग्लुङ कालीका मन्दीरमै गएर तयार पारिएको हो ।

हेर्नुहोस यो एउटा फरक भिडियो प्रस्तुती नेपाली संगीत क्षेत्रमा :

गौतम आफ्नो फेसुबुक वालमा लेख्नु हुन्छ :
जब संगीतको सुर अनि संस्कार र संस्कृतिक कम्जोर हुँदै जान्छ ,मानव जीवनम अस्तब्यस्तता अनि पिडा शुरु हुन्छ ,जस्ले वास्तविक संगीतको अनुभुती गर्दैन वा संगीतलाई ब्यापारीक प्रयोग गर्दै छ उस्ले ठुलो मुल्य चुकाउने छ ।यो संसार सुर र तालमा चलिरहेको छ जस्ले सुरताल अनि प्रकृति लाई बिगार्न खोज्दै छ उ आफू कहिले खुसी हुने छैन मात्र समाज बिगार्ने छ ।नेपाली संगीतमा अहिलेको अवस्था हेर्दा बिकाउ बढी देखीएको छ र संगीतको संस्कार अनि आफ्नै मौलिक संस्कृतिलाई ध्वस्त गर्न केही पक्ष लागीपरेको देखिन्छ ,देखावटी चर्चा पाउन हदै सम्म गिरेर संगीतको अनि संस्कार र संस्कृतिलाई न बिगारौं ल?
जय जय बाग्लुङ काली ।