सुन्दा अचम्म लाग्न पनि सक्छ गुल्मीको एउटा विद्यालय जहाँ रोल नम्बर १३ नै लेखिदैन् । (भिडियो सहित)

महेश बोहरा, गुल्मी । गुल्मीमा उउटा बिद्यालयमा रोलनम्बर १३ सुन्दा पनि मानिस झसकिन्छन् । सुन्दा अचम्म लाग्न पनि सक्छ । तर जिल्लाको एउटा विद्यालयमा झण्डै ५ दशकदेखि एउटा रोल नम्बर १३ नराखि बिद्यार्थीको हाजिरी गरिर्दै आएको छ । जिल्ला सदरमुकाम तम्घासको महेन्द्र माध्यमिक विद्यालयको कक्षा ९ मा रोल नम्बर १३ नलेखेको अहिले ४४ वर्ष वढि पुगेको छ । विद्यालयको कक्षा ९ मा पढ्ने विद्यार्थीहरूले रोल नम्बर १३ सुनेका छैनन् । विद्यार्थीहरू मात्र होइन, शिक्षकहरू पनि रोल नम्बर १३ बाट निकै टाढा छन् ।

२०३२ सालदेखि उक्त बिद्यालयमा रोल नम्बर १३ नलेखिदै आएको हो।कक्षा ९ को रोल नं १३ सधैं खाली हुन्छसो कक्षामा रोल नम्बर १२ पछि एकैपटक १४ आउँछ ।बिद्यार्थी लगातार मृत्यु भएको भन्दै विद्यालयले कक्षा ९ मा रोल नम्बर १३ लेखिएको छैन। विद्या लयमा भर्ना भई कक्षा ९ मा अध्ययन गर्ने १३ रोल नम्बर भएका बालबालिकाको विभिन्न समयमा मृत्यु भएका कारणले विद्यालयले नै रोल नम्बर १३ लेख्न छोडेको हो । विद्यालयका सहायकप्राचार्य युवराज ज्ञवालीका अनुसार रोल नम्बर १३ भएका विद्यार्थीको निधन भएका कारणले रोल नम्बर १३ लेख्न छोडिएको बताए ।

उनका अनुसार विद्यालयको कक्षा ९ मा १३ रोल नम्बर भएका तत्कालिन अर्खले गाबिस ७ भण्डारी टोलका ढुण्डीराज भण्डारीको २०२५ सालमा परिक्षा दिने क्रममा पेट दुखेर मृत्यु भएको थियो ।त्यस्तै दोस्रो पटक २०३० सालमा तत्कालिन तम्घास गाबिस ४ का जुनप्रसाद श्रेष्ठको २०३१ सालमा तत्कालिन तम्घास गाबिस १ रमेश श्रेष्ठको मृत्यु भएको थियो । २०३२ तम्घास पुरानोबजारका कृष्णप्रसाद पाण्डेयको विद्यालयमै परेको चट्याङ लागेर मृत्यु भएको थियो । बिद्यालयमा लगातार बिद्यार्थीहरुको मृत्यु भएका कारण बिद्यार्थी अबिभावकहरुले कक्षा ९ मा १३ अशुभ भएको भनेका कारण सबैको सल्लाह अनुसार लेख्न छोडिएको बिद्यालयका सहायक प्रधानाध्यापक ज्ञवालीले बताए ।

हेरौ यो भिडियो ।