रामप्रसाद खनालले गाए पञ्चेबाजाको मन छुने गीत, रिलिज भयो दुलाहा दुलहीको भिडियो !

भर्खरै मात्र अमेरिकाबाट नेपाल आएका, नेपालमा लोक दोहोरी गीतको बिकास र प्रबर्धनका अभियन्ता, अग्रज लोक तथा दोहोरी गायक एबम अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले नेपालबाटै आफ्नो पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम “दुलाहा दुलही” रिलिज गरेका छन ।

युट्युबबाट संसारभर एकसाथ रिलिज गरिएको खनालको उक्त पञ्चेबाजाको लोक दोहोरी गीत बिसुद्ध मौलिक र अहिले सम्म बजारमा आएका अन्य पञ्चेबाजाका गीत भन्दा अत्यन्त स्तरिय, सुनिरहुँ लाग्ने खालको र सपरिवार सँगै बसेर हेर्न सुन्न मिल्ने प्रकारको छ । लोक दोहोरी क्षेत्रका धेरै कलाकारहरुका जन्मदाता, अग्रज कलाकार खनालको यो गीति एल्बममा उनको आफ्नै शब्द र स्वर रहेको छ भने उनलाई गायनमा साथ दिएकी छिन अहिलेकी चर्चित लोक गायिका पूर्णकला बिसीले । संगीत क्षेत्रका चर्चित हस्ती थानेश्वर गौतमको संगीत र एरेन्जको दुनियाँको अहिलेको माहिर एरेन्जर आशिश अबिरलको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतमा लोक दोहोरी भिडियो क्षेत्रका सर्बप्रिय कलाकार, निर्देशक र नायक शंकर बिसीले कोरियोग्राफ गरेकाछन ।

शंकर बिसी र सर्जक खनालले संयुक्त निर्देशन गरेको यो भिडियोमा लोक दोहोरी क्षेत्रकी सर्बाधिक लोकप्रिय मोडल, डान्सर करिश्मा ढकाल सहितका प्रोफेशनल कलाकारहरुको अभिनय र नाचले गीतलाई नयाँ उचाइ दिएको छ ।

लोकप्रिय र अग्रज हाँस्य कलाकारद्वय किरण केसी र शिवहरी पौडेलको बिशेष अभिनय समेत रहेको खनालको यो पञ्चेबाजाको यो लोक दोहोरी गीत विवाहका बेला र बिबाहको पार्टीमा सदाबहार रुपमा बजाउन र नाच्न मिल्ने प्रकारको छ । शब्द, स्वर, संगीत र एरेन्ज सबै पक्ष अबल छन यो गीतमा ।

रामप्रसाद खनाल त्यस्ता लोक गायक हुन जो सधै अनुशासित, मर्यादित, सामाजिक अनि मौलिक गीत गाउँछन त्यसैले उनलाई पर्खेर बस्छन दर्शक श्रोताहरु । हाल सम्म ४७ वटा एल्बम प्रकाशन गरिसकेका खनालका १२ सय भन्दा बढी गीतहरु प्रकाशित प्रसारित छन । नेपाली भाषा, साहित्य, कला, गीत संगीत र पत्रकारिताका क्षेत्रमा लामो समय देखी कार्यरत खनाल हाल अमेरिका बस्छन तर अमेरिकाबाटै पनि आफ्नो पेशागत कर्म र धर्म जारिराखेका उनको यो गीत अत्यन्त राम्रो र कर्णप्रिय हुनेखालको छ । सुन्दै आनन्द आउने, भिडियो हेर्दाहेर्दै नाचौं नाचौं लाग्ने खनालको यो पञ्चेबाजा को लोक दोहोरी गीत सदाबहार गीत हुने विश्वाश गर्न सकिन्छ ।

पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम “दुलाहा दुलही” को रिलिज सँग सँगै अग्रज लोक गायक खनालले युट्युबमा आफ्नो एकाउन्ट Subscribe गर्नेहरुलाई एक लाख रुपैयाँको पुरस्कारको घोषणा समेत गरेका छन । उनले आफ्नो युट्युब एकाउन्ट RAM PRASAD KHANAL मा गएर Subscribe गर्ने हरु मध्येबाट लक्की ड्र मार्फत तिनजनालाई प्रथम, द्वितिय र त्रितियलाई पचास हजार, तिस हजार, बिस हजार पुरस्कार प्रदान गरिने छ । उक्त पुरस्कारको घोषणा एकलाख Subscriber नाघ्नासाथ मिडियाहरुबाट गरिने छ ।

गत दुई बर्षमा १९ वटा लोकप्रिय गीतहरु गाएका खनालले आफ्ना केही गीतहरु आफ्नी छोरी सुस्मा खनाललाई प्रोत्साहित गर्नका लागि ( SUSMA KHANAL ) को एकाउन्ट बाट रिलिज गरेर छोरीका Subscriber करिब दुई लाख पुर्याएका छन । छोरी सुस्मा खनाल उनको नाच, अभिनय, गायन र क्षमताका कारण संसार भर प्रसिध्द भएकी छन । खनालले यस पटक पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम “दुलाहा दुलही” गीतको भिडियो भने आफ्नै एकाउन्ट बाट रिलिज गरेका छन । बरु तपाईं पनि राम प्रसाद खनालको युट्युब एकाउन्ट मा गएर Subscribe गर्नेकी ! Subscribe गर्दा एकलाख पुरस्कार तपाईंलाई पनि त पर्न सक्छ होइन र ?