हेर्दा हेर्दै पोखराको चिप्लेढुंगामा बीच सडक भासियो

पोखरा, जेठ ३२ ।
पोखराको ब्यस्त बजार चिप्लेढुंगामा बीच सडक नै भासिएको छ । विपी कोइरालाको शालिक आडमा खानेपानीको पाईप लिक भएर जमिन भासिएको हो । शुक्रबार दिनभरी ठूलो पानी परेका कारण त्यही पानी जमिनमा छिरेर भासिएको इञ्जिनियरहरु बताउँछन् ।  सुरुमा सानो भ्वाङ देखिएपछि एस्काभेटरले खन्दै जाँदा ठूलो भ्वाङ भेटिएको हो । अहिले करिब २० मिटर जति भ्वाङ परेको छ । सडकमा भ्वाङ परेपछि यातायात डाईभर्ट गरिएको छ भने हेर्नेको भीड लागेको छ ।