“प्रेमगीत ३” मार्फत डेब्यु गर्दै मनिष राउत ,के प्रदिप खड्का नरहनेनै भए?पढ्नुहोस

अहिले २०७६ कै बहुप्रतिक्षित चलचित्र “प्रेमगीत ३”को लागि गीतको पात्रको अडिसन चलिरहदा सबैमा “तेश्रो गीत” को बन्ने भनेर उत्सुकताको बिचमा, चलचित्रको निर्माण पक्षले नायिका हैन एक नवनायकलाई दर्शक सामु प्रस्तुत गरेका छन्। आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुनलागेको “प्रेमगीत ३”मा प्रतिभाशाली युवा मनिष राउतले डेब्यु गर्ने भएका छन्। चलचित्र क्षेत्रमा संघर्ष गरिरहेका मनिष राउतले नेपालको चलचित्र कलेज अस्कर इन्टरनेश्नलमा अभिनय अध्ययन गरेका हुन् भने उनीसँग दर्जनौं लघुचलचित्रमा काम गरेको अनुभव पनि छ। दर्शकले अत्याधिक रुचाएको प्रेमगीतमा यी नयाँ नायक अनुबन्धित भएसँगै चलचित्र प्रेमीहरु माझ थप कौतुहलता बढ्ने त पक्का नै छ। यसपालीको चलचित्र पहिलो र दोश्रो संस्करण भन्दा निक्कै ठुलो स्केलमा निर्माण हुने र नेपाली चलचित्र क्षेत्रकै एउटा उदाहरण बन्ने विश्वास निर्माण पक्षले लिएका छन्।

चलचित्र “प्रेमगीत ३” नेपाली दर्शकहरुको लागि बिल्कुलै फरक स्वाद रहने, अहिलेसम्म निर्माण पक्षले सार्वजनिक गरेका पोष्टरहरुबाट नै बुझ्न सकिन्छ। आजमात्र सार्वजनिक भएको मानिस राउतको २ क्यारेक्टर पोष्टर मध्य एकमा उनि पुरानो जमानाको बन्दुक सहित देखिन्छन् भने अर्कोमा बन्चरो सहित। “अ फर्बिडन लभ स्टोरी” भनिएको यस रोमान्टिक सिरिजको यो चलचित्रमा भने फ्रेश रोमान्स सहित भरपुर एक्सन समेत हेर्न दर्शकमा दिन प्रतिदिन अपेक्षा बढ्दै गएको पाइएको छ। नव वर्षको अवसर पारेर यहि चैत्र २८ गते प्रदर्शनमा आउने यस चलचित्रमा दर्शकको बढ्दो अपेक्षा कायम गर्ने जिम्मा भने निर्देशकद्वे छेतन गुरुङ्ग र सन्तोष सेनले लिनेछन् भने छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेका चलचित्रलाई स्वयम् निर्देशक सन्तोष सेन र विजय चामलिङ् मिलेर निर्माण गर्दैछन्।