अर्घाखाँची चिदिकाकी जमुना पौडेल ६ बर्षको छोरा सहित बेपत्ता, आफ्नै सम्झी शेयर गरिदिनुहोला । (भिडियो सहित)

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर – २ साबिकको बलकोट सानो चिदिका राजु पोखरा बाट ६ दिन देखि एक विवाहित महिला आफ्नो एक छोरा संग बेपत्ता भएकी छिन । बेपता हुनेमा छत्रदेव गाउँपालिका – २ साबिकको बलकोट सानो चिदिका राजु पोखरा निवासी लालमणि पौडेलकी २६ बर्षिय श्रीमती जमुना पौडेल रहेकी छिन । उनि येही गत मिति जेठ ,२४ गते बिहान देखि आफ्नो ६ बर्षिय छोरा मोहित पौडेललाइ आफु संगै लगी आजको मिति सम्म आफ्नो घर परिवार र श्रीमान् संग सम्पर्कबिहिन भएकी छिन । जमुना पौडेलका श्रीमान् हाल रोजगारीको शिलशिलामामा कतारमा कार्यरत रहेका छन् ।उता घरमा उनकी श्रीमतीले आफुले कतारमा ३ बर्ष पसिना बगाएर कमाएको पैसा र गरगहना सबै कुम्ल्याएर श्रीमान् बाट सम्पर्कविहिन रहेकी छिन । हेरौ यो भिडियोमा दर्दनाक घटना ।