नेपालको एउटा यस्तो अनौठो मन्दिर जहाँ रातभर उठेर बत्ती बाले सन्तान प्राप्त हुन्छ भनिन्छ

लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिकामा एउटा शिव मन्दिर छ । इशानेश्वर महादेव मन्दिर । उक्त ठाउँमा शिवरात्रीमा ठुलो मेला लाग्ने गर्दछ । सो मन्दिरलाई सन्तानेश्वर महादेव पनि भन्ने गरिन्छ ।

नेपालमा इशानेश्वर एक मात्र यस्तो मन्दिर हो जहाँ रातभरी उठेर ठाडाबत्ती बाल्यो भने सन्तान प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । मन्दिरका पुजारी गोविन्द सोतीले मन्दिरमा आएर बत्ती बाल्नेहरुले सन्तान प्राप्त गरेको बताएका छन् । तर निकै लामो समय देखि मन्दिरमा ठाडा बत्ती बाल्ने प्रचलन रहेको भन्दै उनले अहिलेसम्म कति जनाले बत्ती बाले भन्ने तथ्यांक नभएको उल्लेख गरेका छन् ।

इशानेश्वर महादेव क्षेत्र विकास समितिले अहिले भने ठाडाबत्ती बालेर जन्मेका सन्तानको तथ्यांक संकलन गर्न सुरु गरेको छ । नेपालमा नै यस्तो अनौठो र ठुलो महिमा भएको शिव पिठमा हामी पुगेका छौँ र पुजारीसंग कुराकानी गरेका छौँ । हेर्नुहोस यो कुराकानी ।