भाईरल हुन २४ बर्ष पछि आमासंग गीतले भेट्टायो भन्ने हल्ला फिजायो भन्नेलाई लोक गायक दिपक परियारको जवाफ (भिडियो सहित )

महेश बोहरा, गुल्मी

मिलन विछोडको कथा बोकेको कुनै चलचित्रको कथा जस्तै बुटवलमा वषौंअघि छुट्टिएका एक आमा छोराको अचानक भेट भएका भन्ने समाचार केही समय पहिले बिभिन्न संचार माध्यममा भाईरल बनेको थियो । दीपककी आमा २४ बर्ष अघि घरबाट बेपत्ता भई भारतमा पुगेर अर्को विवाह गरेर बसेकी थिइन् । केहि दिन अघि जव उनी आफ्नी आमाको मृत्यु भएको सुनेर रुपन्देहीको मुर्गिया आईन । त्यहाँ उनले युट्युवमा एउटा रोइला गीत हेरिन्, सुनिन् । गुल्मीको चन्द्रकोट पनि गीतको शव्दमा जोडिएकोले यो गीत गाउने केटा कसको छोरा होला ? भनेर आफ्नी दिदी संग चासो राखिन् । सोधखोजको क्रममा गीत गाउने गायक चन्द्रकोट स्थित फलानाको छोरा हो भन्ने खुल्यो । परिचय खुलेपछि उनकी दिदीले बुटवलमा रोईला गीत गाउने दिपकको खोजी गरिन् र अन्ततः आमा छोराको भेट गराईन । यसैसंग सम्बन्धित कुराकानीमा दिपकले सबै कुरा खुलाएका छन । हेरौ सोही भिडियो ।