पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई जापानबाट एक नेपालीको खुला पत्र।किन जोडे रबि लामिछाने र धुर्मुस सुन्तली लाई समेत ! भिडियो सहित !

पूर्व प्रधानमन्त्रि डा बाबुराम भट्टराई ज्यू सर्वप्रथम त नेपाली क्षितिज पारि रहेरै पनि स-सम्मान् सहित नमस्कार गरे ! मैले आज सम्म थाहा नपाएको या मेरो बिबेकले बुझ्न नसकेको कुरा तपाईं जस्तो बौद्विक(राष्ट्रको गहना) ब्यक्तीले अनि आँफैले भन्नु भएको कुराको स्मरण गर्दै ‘एक गाउँको अभावमा जन्मिएको अनि राज्यको सर्वोच्च पदमा पुगिसकेको ब्यक्ती’ हजुर जस्तो महान ब्यक्तीले यस्तो फेसबुके status कोर्दै समस्या मात्रै देखाउदै हिंड्नु अनि अरुहरुलाई मात्रै दोषारोपण गर्दै त्यसैमा रमाउदै बस्नु भन्दा बरु राष्ट्र निर्माणको काममा लाग्दा जाति हुन्थ्यो कि आज म जुन क्षितिजमा रहेर कुरा गरिरहेको छु यहाँ त काम नगर्नेहरुलाई अपमानको दृष्टिले हेरिदो रहेछ अनि परिश्रमीहरुकै परिश्रमले यो देश स्वर्ग बनेको रहेछ डा. साब ! यहाँ त रोजगारि बिहिन मानिस कही कतै भेटिएनन् यो बसाईको चार बर्षे दौडानमा यहाँका मान्छेहरु हिंड्ने होईन कुदिरहेका भेटिन्छ्न जताततै ईमान्दारिता परिश्रमि यहाँको मान्छेका पर्याय शब्द हुन् यहाँ त आजसम्म फुर्सदिला दार्शनिकहरु भेटिएका छैनन् आज हामी जुन धरातलमा बसेर यि देशहरुले गरेका चरम बिकाशका संरचनामा लोभिरहेका छौ ति सबै काम सपना बाँड्ने ओठहरुले होईनन् परिश्रमि हातहरुले नै सम्भव भएका रहेछ्न्, यहाँ त कामगर्नेहरुलाई थाक्ने अधिकार छैन या त नेता नै किन नहुन डा. साप !

काम गर्ने ईच्छा शक्ति हुनेहरुलाई कुनै राजनैतिक पद वा कुर्सिले अनि संसारका कुनै बाद शाहहरुले रोकेको उदाहरण त छैन नै अवश्य रोक्ने छैन हिजो अर्थ मन्त्री अनि प्रधान मन्त्री हुँदा जसरि सफलता प्राप्त गर्नुभएको थियो आखिर आज पद त तपाईंसँग छैन र रहेन नै तर बौद्धिकताको त्यो मस्तिस्कमा त कुनै कमि छैन नै अवश्य हुने छैन एउटा बल्दै गरेको आशाको दियो यसरि बिलाएर जानु पराजितको मानशिकता होईन र ?

हेर्नुस् त धुर्मुस सुन्तली सँग न कुर्सी थियो न त पद न त आर्थिक सम्पन्नता नै ,थियो त केवल बस् चाहना र ईच्छा शक्ती परिवर्तनको अठोट अनि मुटुभित्र देशको सच्चा प्रेम ।अनि हेर्नुस् त ! रबि लामिछाने जसलाई देश प्रेमले गर्दा आज जीवनलाई धारमा राखी यो समयमा सारा नेपालीका आशाका एक मात्र प्रतिमुर्ति सम्मानित पात्र बनायो अनी सारा नेता अनी प्रशासन लाई बिस्थापित बनायो अनि बनाईरहने छ यस्ता अन्य केहि सिमित पात्रहरु मात्रै छ्न् जो सच्चा देशभक्त नै कहिन्छन् साँचो अर्थमा जो बोल्दैनन् गरेर मात्रै देखाउँछ्न् ।

यस अर्थमा तपाईं राज्यको सर्वोच्च पदमा पुगिसकेको ब्यक्ती बरु बनाउनुहोस् एउटा सहि योजना जसमा सारा युवाहरुलाई समेटनुहोस् जहाँ बिभिन्न जात धर्म बर्ण लिंगका युवाहरु अटाउन जहाँ पार्टिको कुनै दुर्गन्ध नफैलियोस् अनि लगानिको प्रस्ताव राख्नुहोस् प्रोफिटको ग्यारेन्टि गर्नुहोस् सारा युवा मैत्रि योजनाका खाकाहरु तयार गर्दै जानुहोस् अनि भन्नुहोस् अमेरिकामा बस्ने नेपालीहरुलाई फलानो हाइड्रोपावरमा लगानिगर्नुहोस् प्रतिफल हामी ग्यारेन्टि गर्छौ ,फेरि भन्नुहोस् क्यानाडामा बस्ने नेपालीहरुलाई फलानो उद्योगमा लगानि गर्नुहोस् प्रतिफल हामी ग्यारेन्टि गर्छौ, भन्नुहोस् जापानमा बस्ने हरुलाई यस्तै सम्पूर्ण बिदेशमा बस्नेहरुलाइ लगानि गर्ने वातावरण बनाउनुहोस् यसै गर्दै योजना, लगानी अनि प्रतिफल युवाहरुलाई दिदै जानुहोस् देश बनाउन सायद् नेता हुनुपर्छ अनि कुर्सी नै चाहिन्छ भन्ने मान्यतालाई गलत सावित गरिदिनुहोस् एकपटक फरक प्रयोग त गर्नुहोस् अब छोडिदिनुहोस् यो बुडेसकालमा कुर्शीमोह पार्टी खोल्दै कार्यकर्ता भेला गर्दै हिंड्ने कदमहरु ,अब लगानि युवाको मस्तिस्क तपाईहरुजस्ता देशका गहनाहरुको किन कुर्शिकै लागि संघर्ष गर्दैहुनुहुन्छ यो उमेरमा पनि हिजो राजनीति गर्दै आउनु भयो सफल नेत्रित्व दिनुभयो त भै गयो नि ! समयको माग यो छ ! कुर्सिमा पुग्ने लोभ त्यागिदिनुहोस् जीवन रहेसम्म अनि जीवन पर्यन्त फरक धारबाट तपाईंको बौद्धिताको परीक्षण गर्नुहोस् सधैं युवाहरुको साथ अनी सहयोग रहिरहने छ । नेपाली राजनीति ईतिहाँसमा किन राजनेताहरु सास रहेसम्म कुर्शिको आश गरिरहन्छ्न् भन्ने कुव्याख्यालाई तपाईं कै पाला देखी गलत साबित गरिदिने हो कि ?

अन्त्यमा,अन्यथा नलिनु होला म त एउटा होचो कदको सानो मान्छे त्यती राजनीतिक खिचातानि त बुझ्दिन नै तैपनि चरम बिकशित् देशमा केही बर्ष बराल्लिन पाउँदा अनि विकशित देशको विधिमा अध्ययन गर्ने अवसर पाँउदा स्वदेशको राजनैतिक प्रदुषणमा तितो अनुभव गर्दै मिठो सपनामा बिरक्तिएछु, हजुरलाई मेरा यी शब्दहरुमा नजर लगाउने त फुर्सद नै कहाँ होला र तर पनि हजुरको ब्यस्तताको बिचमा कुनै पलहरु फुर्सदी रहे भने नजरपान पश्चात् प्रतिउत्तरको प्रतिक्षामा बसिरहन्छु ! बिशवास छ मेरो प्रतिक्षामा हजूरको अमूल्य समयको वावजूध पनि उत्तर पाउने छु ।

हजुरको शुभचिन्तक
मोहन प्रसाद खतिवडा
हाल : टोकियो, जापान।