कस्ता हुन्छन् एचआईभी संक्रमितका यौन साथी ? संभव छ एचआईभीमा यौन ? (भिडियो)

एचआईभी संक्रमित भएका व्यक्तिहरु अझै पनि समाजमा खुलेर देखिएका छैनन् । केही व्यक्तिहरु मात्र खुलेका छन्, अभियानमा लागेका छन्, यो रोगको बारेमा मानसिक तनाव भन्दा स्वास्थ्यमा ख्याल गरेर लामो जीवन बाँच्नेहरु पनि छन् । अझै नेपालको लागी खुसीको कुरा एचआईभी संक्रमित भएका गोपाल श्रेष्ठले यसै बर्ष सगरमाथा चढेर सकुशल फर्किएका छन् । पोख्रेली छोरो गोपाल श्रेष्ठ जो २६ बर्ष देखी एचआईभी संक्रमित भएका व्यक्ति हुन् उनी आज पनि उस्तै तन्द्रुत छन्, हाँसेर जीवन जिएका छन् ।
बिशेषत यौनजन्य क्रियाकलापबाट बढीमात्रा सर्ने यो एचआईभी एड्स पछिल्लो समय यो रोगका बिरामीहरु खुलेर लाग्न थालेपछि लामो जिन्दगी जीउने आधार जनचेतना बन्दै गएको छ । भनिन्छ नि जताभावी यौन सम्पर्क गर्यो भने एड्स लाग्छ तर बास्तबिक एचआईभी संक्रमित भएका व्यक्तिहरुको यौन जीवन कस्तो हुन्छ ? कस्ता छन् उनीहरुको यौन साथी ? यो भिडियोमा हामीले प्रस्तुत गरेका छौं ।