पशुपति शर्माको लुट कान्छा भन्दा पनि कडा गीत लिएर आए रमेश राज भट्टराइले,को को परे भष्टचारी?

चर्चित सर्जक एवम् गायक रमेशराज भट्टराईले देशमा व्याप्त बेथितिलाई मर्ममै प्रहार गर्ने साङ्गीतिक कोसेली सार्वजनिक गरेका छन् । ‘भ्रष्टाचार’ शीर्षक मा सार्वजनिक भएको उक्त गीत गायक रमेशराज कै युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।

अर्का गायक पशुपति शर्माको अत्यन्तै विवादमा पारिएको गीत ‘लुट कान्छा लुट’ को सेरोफेरो बाट सुरु गरिएको यो गीतले समाजमा व्याप्त विसङ्गतिहरू माथि शक्तिशाली प्रहार गरेको छ । गायक रमेश राजले ‘यो नेपाल हो, यहाँ नेताहरूको विरुद्धमा बोल्नै हुँदैन’ भन्दै उनले देशको सिमाना देखि निर्मला हत्यासम्म अनि गणतन्त्र देखि वाक स्वतन्त्रता सम्मका विषय यौटै गीतमा उठाएका छन् ।

नेताहरूको विरुद्ध बोल्दा, बेथितिको विरुद्ध बोल्दा अथवा भ्रष्टाचारको विरुद्ध बोल्दा समाज कसरी विभक्त हुन्छ र पक्ष विपक्षमा विभाजित रेखा स्पष्ट देखिन्छ भन्ने कुरा गीतले देखाउन खोजेको छ । राजनीतिले कोरेको सीमारेखाले समाजलाई कसरी दुई चिरा पारेको छ भन्ने कुरा उजागर गर्ने गायक को कोसिस सह्रानीय छ ।

हामी जनतामा रहेका कमजोरीकै कारण कसरी देशमा यस्तो बेथिति बस्न पुग्यो हामी कस्तो कुरामा बोल्छौँ र कस्तो कुरामा मौन रहन्छौँ भन्ने कुरा यो गीत हेरेपछि प्रस्ट हुन्छ ।

यौटा अन्तरामा रमेशराज भन्छन् “सधैँ भरि गाली गर्छौँ नेता नेता भनी, भेडा भन्दा कम्ती छैनौँ हामी जनता पनि’ यस्ता अन्तराहरूले हामी जनता भित्रका कमजोरीहरूलाई पनि छताछुल्ल पारिदिएका छन् ।

रमेशराज भट्टराई को आफ्नै स्वर शब्द र सङ्गीत रहेको गीत केशव बडुले वाद्यवादन संयोजन गरेका हुन भने मारुनी स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो । गीतको साधारण भिडियो बनाइएको छ । दुर्गा पौडेलले निर्देशन निर्देशन गरेको भिडियो नवीन घर्तीले सम्पादन गरेका छन् ।