हामी के मा कमि छौ र के अपराध गरेका छौ र आफ्नो सीप , पेशा र परिचय ढाट्ने ?

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। सामाजिक संजालमा उनि लेख्छिन हामी के मा कमि छौ र के अपराध गरेका छौ र आफ्नो सीप, पेशा र परिचय ढाट्ने म गर्ब गर्छु मेरो समुदायको नाम लिदा उनले भनेकी छन् ।

फेसबुकको स्टाटस जस्ताको तस्तै ;

हामी के मा कमि छौ र के अपराध गरेका छौ र आफ्नो सीप , पेशा र परिचय ढाट्ने ??

म गर्ब गर्छु मेरो समुदायको नाम लिदा

जसले आफु र आफ्नो समुदाय माथी लादिएको विभेद र परम्पराको खुलेर बिरोध गर्न बोल्न सक्दैन ! आफ्नो थर लुकाएर टाइटल नाम दिएर अगाडि बढछ , जातै ढाटेर हिन्छ र परिचय दिन्छ ।
त्यस्ता ब्यक्तिहरु चाहे कलाकर, मोडेल , गायक , नायक , नायिका जो सुकै हुन जतिसुकै चर्चामा आउन उनिहरुको कला र गलालाई संमान गर्छु तर उनिहरुलाइ उनी पनि मेरो समुदाय हो रे नि त बिक रे परियार रे नित ?

भनी परिचय लुकाएकाहरुको परिचय कतै बाट थाहा पाएर म गर्ब गर्दिन ।
आफुमा क्षमता छ भनी आफ्नो नाम बकाइदा लेखेर भनेर नि अगाडि बढन सकिन्छ जस्तो रिमा बिस्वकर्मा , शिव परियार , राजु परियार , कुलेन्द्र बिक के उनिहरुको कलालाई जातले छेक्यो र ??
होला असहज तर त्यही असहजतालाइ चिरेर हाम्रो समुदाय पनि यस्तो छ है भनी बोल्नु र परिचय दिन सक्नु यो पनि दलित समुदायको हितकै लागि एउटा आन्दोलन हुने हो ।
परिचय ढाटनेलाइ दलित समुदायकै नामबाट संमान र बोलाउने काम नगरौं ।
आफू त सिधा मान्छे , ठाडो बोलिन्छ र सच्चाइ भन्न डर नि लाग्दैन ।
कसलाई कहानिर लागोस खासमा मतलब छैन ।