मान्छे खाने बाघ सिसी क्यामरामा देखीयो, पत्ता लाग्यो तनहुँमा बाघले मान्छे खाने कारण (भिडियो)

शुक्रबार राती तनहूँ भानु २ की पुष्पा अधिकारीलाई चितुवाले खाएसंगै त्यस क्षेत्रमा त्रास फैलिएको छ । करिब ६ महिना अगाडी मात्र भानु २ कै १० बर्षिय बालकलाई चितुवाले खाएको थियो फेरी ६ महिना पछि यो घटना दोहोरीएको हो । भानु नगरपालीकामा मात्रै ४ जनालाई नरभक्षी चितुवाले खाएको छ । चितुवाले मानिसको ज्यान लिन थालेपछि बन कार्यालय, नगरपालिका र सम्बन्धीत निकायले सिसी क्यामरा तथा ट्रयाप थाप्दा पनि चितुवा नियन्त्रण गर्न सकेन । मान्छे खाने चितुवा सिसी क्यारामा देखीयो तर पनि त्यसलाई नियन्त्रण गर्न प्राबिधिक टोलि असफल भयो । प्रत्यक्षदर्शीको भनाईलाई आधार मान्ने हो भने मान्छे खाने चितुवा नै सिसी क्यामरामा देखिएको डिभिजन कार्यालय तनहुँका सहायक बन अधिकृत बिजयचन्द्र देबकोटा बताउँछन् । पछि एक दिन उक्त चितुवा मरेको फेला पर्यो सबै खुसी भए अब त मान्छे खाने चितुवा छैन तर त्यसको केही महिना नहुँदै फेरी भानु २ मा नै पुष्पा अधिकारीको ज्यान लिएको छ । के सिसी क्यामरामै देखिएको चितुवा हो पुष्पालाई खाने ? हेर्नुहोस् यो बिशेष रिपोर्ट