सरिता लामिछाने५७मतले पराजित रबिन्द्रको जित,कलाकारकै सस्थामा अनमोल देखि साम्रागी सम्म किन आएनन्?

चलचित्र कलाकार संघको आज भएको निर्वाचनमा अध्यक्ष पदमा रविन्द्र खड्का विजयी भएका छन् । उनले अध्यक्ष पदकी उम्मेदवार सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका थिए । कुल खसेको ३८७ मत मध्ये रविन्द्रले २१८ मत ल्याएका थिए भने सरिताको नाममा १६१ मत खसेको थियो ।

यस्तै, उपाध्यक्ष पदमा रेजिना उप्रेतीले २४३ मत ल्याएकी छिन् । उनी, निर्वाचनमै सर्वाधिक मत ल्याउने उम्मेदवार समेत हुन् । यस्तै, उपाध्यक्ष पदमा सानु कुमार ताम्राकारले १७५ मत ल्याएर विजयी भए । महासचिव पदमा चेतबहादुर सिंहले १८७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी उम्मेदवार संजय खतिवडाले १५६ मत ल्याएका थिए ।
हेरौ हामीले लिएको बिशेष कुराकानी :