खेल्दै गरेकी पुष्पालाई चितुवाले खायो, अचम्मको ठाउँ ६/६ महिनामा मान्छे खान्छ चितुवाले (स्थलगत भिडियो)

शुक्रबार साझ करिब ७ बजे तनुहँ जिल्ला भानु नगरपालिका वडा नंं २ की ८ बर्षिया पुष्पा अधिकारी साथीहरुसंग आगनमा खेलिरहेकी थिईन् । उनकी आमा मेलामा गएकी थिईन भने घरमा हजुरबुबा र हजुर आमा मात्र थिए । साथीहरुले हजुरबाबालाई गएर पुष्पा लडेको बताए । हजुरबा आएर हेर्दा पुष्पा थिईनन् तर उनको एउटा चप्पल मात्र त्यहा थियो । अर्को घरमा गएको ठानेर कुनै खोजि भएन पछि आमा आईन र छोरी खोज्दा गाउँ भरी कहि कतै पाईनन् । गाउँ भरी हल्ला भयो गाउँले जम्मा भए र त्यहा चितुवाको खुट्टाको डाम देखा पर्यो । सबै मिलेर रातको समयमा उक्त चितुवाको खुट्टाको डाम हेर्दै गए पछि करिब पाँच सय मिटर माथि पुष्पाको शब फेला पर्यो । चितुवाले नै आक्रमण गरेको गाउँलेको ठहर भएपछि प्रहरीलाई खबर गरेर प्रहरी घटनास्थल पुग्यो । हामीले यो बिषयमा घटनास्थलमै पुगेर भिडियो रिपोर्ट तयार गरेका छौं हेनुृहोस् यो भिडियो ।