ज्ञानेन्द्र शाहीको समर्थनमा महिलाहरुले सडकमा खुलेयाम पुलिसहरुलाई आफूहरुमाथि गोली हान्ने चुनौती जसरी दिए, त्यो शुभ संकेत होइन।

अस्ट्रेलियाबाट बुद्द भूमि नेपाल चिनाउने तथा प्रचार प्रसार माध्यमबाट संसार भरी फैलाउने अभियन्ता राम कुमार श्रेष्ठ लेख्नु हुन्छ आफ्नो फेसबुक वालमा :

चोर साधु साधु चोर: भ्रस्टाचार बिरोधी अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई एक्काइसौं शताब्दीको गणतान्त्रिक नेपालमा बिना पूर्जी गैरकानूनी तवरले गिरफ्तार गरी जे जस्तो किसिमले निर्ममतापूर्बक कुटपिट गरी उनी लगायत अन्य केही भ्रस्टाचार बिरोधी अभियानमा लाग्नेका बिरुद्ध नक्कल्ली मुद्धा लगाउने तयारी भैराखेको कुरा बाहिर आइराखेको छ, यो अत्यन्तै दु:खद हो । नक्कल्ली मुद्धा लगाउने, चरित्रहत्या गर्न अनाबस्यक अफबाह फैल्याउने जस्ता काम र मानसिकता अत्यन्तै पुरातनबादी सोंच भएकोले अहिलेको जमानाको लागि अत्यन्तै अशोभनिय हो तापनि कुर्सीमा बस्नेले यस किसिमका काम कुरामा ठुलो शक्ति खर्चिराखेको जताततै देखिन्छ ।

गल्ती जसबाट पनि हुन सक्ने भएकोले गल्तीलाई स्वीकार्नाले महान बन्न सक्ने ढोका खुल्न सक्छ तर गल्ती ढाक्न अन्य गल्तीहरु थोपर्नाले त्यो ढोका संधै बन्द हुने मात्रै नभएर स्वार्थलम्पट समर्थक बाहेक अरुको नजरमा कहिल्यै न त महान बन्न सकिन्छ न त बाहिर देखाउन जत्ति ठुलो कुरा गरे पनि आत्मसन्तुस्टी नै हुन्छ । भ्रस्टाचारको दलदलमा देश कत्ति भाँसिएको छ र राष्ट्रियताको मुद्धामा सत्तामा जाने सबै किन र कसरी मौन छ भन्ने कुरा लुकाएर लुक्ने कुरा होइन । राष्ट्रियतालाई कम्जोर बनाउने नागरिक बिधेयक टेबल गर्नबाट रोक्न र नेताहरुको सुबिधाको नाममा नियमित रुपमा वार्षिक अरबौं राज्यको ढिकुटीबाट जानबाट जोगाउन राष्ट्रबादी मानब अधिकारबादी र बुद्धिजीवीहरुले कसरी भूमिका निर्बाह गरे भन्ने कुरा पनि लुकेको छैन ।

अत: आफू आन्दोलनकारी हुँदा जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ, एउटा शहिदको रगतबाट हजारौं शहिदहरु जन्मिन सक्छ भनेर छाटेका भाषणका मूलभूत मन्त्रहरुलाई भुसुक्कै बिर्सन सुहाउँदैन । यस्ता मूलभूत कुरालाई बिर्सनु भनेको देशलाई यस्तै दलदलमा भाँसिराख्नु हो र यस्ले फोटो झुण्ड्याउने काममा मात्रै सीमित तुल्याइदिनेछ । चोरलाई साधु र साधुलाई चोर बनाउने काममा कुर्सीको दुरुपयोग गरेर संपूर्ण शक्ति लगाउने काममा नलाग्नुस्, यस्ले इतिहासमा सम्झन लायक ब्यक्तिको रुपमा तपाईंलाई स्थापित गर्नेछैन । किनकि यो देश त्यही देश हो जहाँ अधिकाँश जनता पञ्च पनि बने, कांग्रेस पनि बने, एमाले पनि बने दरबारिया पनि बने र सयौं बर्षको राजातन्त्रलाई फालेर माओबादी पनि बने।

एउटा सानो घटनाले कुनै पनि बेला नाटकिय रुप लिन सक्छ । शक्ति र सत्ताको दम्भ छोडेर वरिपरी बसेका लोभी पापीहरुको घेरा तोड्नुस । ज्ञानेन्द्र शाहीको समर्थनमा महिलाहरुले सडकमा खुलेयाम पुलिसहरुलाई आफूहरुमाथि गोली हान्ने चुनौती जसरी दिए, त्यो शुभ संकेत होइन।