फेवा तालमा डुङ्गा चलाउने ६३ वर्षिया आमाको कथा ! १३ बर्षमा बिहे भयो बुडोले अर्कै लिएर गयो !

पोखरा, २४ जेठ । पोखराको फेवातालमा केटाकेटी देखि वृद्धहरुले डुङ्गा चलाएर जिविकोपार्जन गर्दै आएका छन् ।

फेवाताल आसपासमा बस्दै आएका माझि र जलारी परिवारको मुख्य पेशा नै माछा मार्ने र डुङ्गा चलाउनु हो । तर पोखराको फेवा तालमा पोखरा भन्दा बाहरबाट आएर पोखरामा एक्लै आफ्नो जिवन फेवा तालमा डुङ्गा चलाएर जिविकोपार्जन गरिरहेकी छन् ६३ वर्षिया हस्तमाया बिक ।

विगत ८ वर्ष देखि हस्तमाया फेवातालमा डुङ्गा चलाउछीन्, देश तथा विदेशका पाहुनालाई फेवाताल वरिपरि घुमाउछिन् । तर सिन्धुलीबाट पोखरा आएर डुङ्गा चलाउने हस्तमायाको कथा निकै मर्मस्पर्शि रहेको छ । हस्तमायाका दिदीका छोरीहरु पोखरा भएकाले उनि सिन्धुलीबाट पोखरा आएकी हुन् ।

“सानैमा बिहे भयो, तर सर बुढोले अर्कैलाई लिएर हिड्यो मलाई छोड्यो, त्यसपछि आमासंग बसेकी थिए, जवानीमा बिहे गरिन आमा भनेर, आमा मरेपछि पोखरा आएकी हुँ”, हस्तमायाले भनिन्, “पोखराका साथीहरुले डुङ्गा चलाउन सिकाईदिए अनि डुङ्गा चलाउदै आएकी छु ।”

लामो समय डुङ्गा चलाएकी हस्तमायालाई फेवा तालमा हावाहुरी लाग्नेबेला डुङ्गा चलाउन साह्रै डर लाग्दो रहेछ । “एक दिन हावाहुरी आयो, तालको छेउमा आईसकेकी थिए, गेष्ट नै आत्तीएर धन्न डुङ्गा पल्टेन, हावाहुरी लाग्ने समयमा डुङ्गा चलाउदीन, आफु पनि बढी भएँ त्यति सक्दीन पनि ।” हस्तमायाले भनीन् – “डुङ्गा नचलाउने बेला यहीँ तालको छेउमा पानी सानी बेचेर बस्छु ।”