‘गलबन्दी’ गीतबाट निकै चर्चामा आएकी कलाकार अञ्जली अधिकारीको प्रेम सम्बन्ध बारे खुलासा

‘गलबन्दी’ गीतबाट निकै चर्चामा आएकी कलाकार अञ्जली अधिकारीले आफ्नो प्रेम सम्बन्धका बारेमा बोलेकी छन्। विशेष गरी सामाजिक सञ्जालमा उनको अभिनयको तारिफसंगै मन पराउनेको संख्या बढेपछि आफ्नो प्रेम सम्बन्धको बारेमा बोलेकी हुन्।

आफूलाई धेरै दर्शकले माया दिएको भन्दै सम्पुर्ण दर्शकलाई धन्यबाद दिएकी छन्। फेसबुक लगायतका सामाजिक सञ्जालमा उनलाई क्रस बनाउनेको संख्या बढेपछि हामीले उनलाई सिङ्गलकी मिङ्गल भनेर सोधेका थियौँ। जवाफमा उनले फ्यानहरुलाई अचम्ममा पार्ने जवाफ दिएकी छिन्।

गलबन्दी गायिका शान्तिले युकेबाट के भनिन यो पनि हेर्नुहोस :

उनी भन्छिन्,’ म यति बेला कसैको रिलेशनसिपमा नभए पनि एकजनासंगको राम्रो मित्रतामा रहेकीछु। यसलाई प्रेम नै भनेर नबुझ्नु।’ आफू पनि मान्छे नै भएको कारण प्रेम सबैले गर्न पाउने जिकिर गरेकी छन्। उनले यसो भन्दै गर्दा उनी कोही प्रती आकर्षित भएको कुरा स्पष्ट भएको पाइन्छ।

हामीले उनलाई तपाईको फ्यान शुभचिन्तकहरु निरास र दोधारमा हुने भयो भनेर अर्को प्रश्न सोधेका थियौँ। जवाफमा उनले भने, ‘भाग्यमा भए अर्काको भैसकेको मान्छे त उडाएर लैजान सक्छन्, म त झन मित्रतामा मात्रै छु।’