गलबन्दी “ढिला आयो कडा आयो”प्रकाश सपूतको गलबन्दी गीतमा पहिलो पटक स्टेज नाच (भिडियो सहित)

महेश बोहरा गुल्मी तम्घास
पछिल्लो समय नेपाली लोक गीत क्षेत्रमा एकछत्र राज गरेको छ प्रकाश सपूतको गीत गलबन्दीले । यो गीत केही समय अगाडीमात्र बजारमा आएको थियो । यस गीतलाई लिएर अहिले देश बिदेशमा चर्चा चलिरहेको छ । गुल्मीमा भएको एक कार्यक्रममा यस गीतमा पहिलो पटक स्टेज नाच प्रस्तुत गरिएको छ । हेरौ प्रकाश सपूतको स्वरमा रहेको सोही गीतको यो रमाईलो भिडियो ।

ठीक एक वर्षअघि गायक प्रकाश सपूतले ल्याएको गीत ‘बोल माया’ले सांगीतिक क्षेत्रमा ठूलै उथलपुथल ल्यायो। परदेसिएका पतिको शव कफिनमा बन्द भएर आएपछिको अवस्थामा विरह भाकामा व्यक्त उक्त मार्मिक लोकगीतले धेरैको मन छोयो

‘गलबन्दी’ भिडियो युट्युबमा राखिएको दस दिनमा ७५ लाख बढी भ्युज आइसकेको छ। केही दिनदेखि निरन्तर ट्रेन्डिङको पहिलो नम्बरमा रहन सफल छ। ‘नेपालको इतिहासमा बाजी मार्ने गायक, नेपाली सपूत प्रकाश सपूत’ देवदास बूढा नामक युजर्सले कमेन्टमा लेखेका छन्। क्रिस भाइ लेख्छन्, ‘र्‍याप, पप मात्रै सुन्ने गर्थें तर यो गीत सुनेपछि चाहिँ अब केटो लोकदोहोरीमा लाग्यो।’