अन्तर्राष्ट्रिय दम्पत्ति सौन्दर्य प्रतियोगिता एटलान्टामा सम्पन्नम पर्यटनदुत राजा घले प्रथम

अमेरिकाको एटलान्टामा सम्पन्न दम्पत्ति अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा पर्यटनदुत राजा घले तथा उनकी जीवन संगिनी र बिद्या गुरुङ प्रथम भएका छन् । एटलान्टा स्थित सोनेस्टा होटेलमा युनिभर्सल ट्यालेन्ट ब्युटी एकाडमी द्वारा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रायभारतीय मूलका प्रतिस्प्रद्धि भएता पनि अन्त्यमानेपालका प्रतिद्वन्दीपर्यटन दूत राजा घले प्रथम र बिद्या गुरुङ दोस्रो भएका छन् ।

राजा घलेले नेपालको पहिचान स्वरुप राष्ट्रिय पोशाक दौरा सुरुवाल र बिद्या गुरुङ नेपालको जातीय गुरुङ पोशाकमा सजिएका थिए । र्याम्पमा हिडिरहदा दुवै जनाले भ्रमण बर्षलिखित तुल (ब्यान्नर)सहित प्रस्तुत गरेका थिए ।

उक्त तुलमा सगरमाथा र बुद्धको जन्मस्थल नेपाल भनेर लेखिएको थियो । पर्यटन दूत राजा घलेले यस प्रतियोगितामा”जित्नको लागि भाग नलिएर नेपाल र नेपालीको प्रतिनिधित्व गर्न आएको” कुरो आफ्नो मन्तव्यमा भन्दा नेपाली दर्शकहरु हर्षले गदगद भएका थिए । र राजा घलेले आयोजक रमजान बिरानीलाई धन्यवाद पनि दिएका थिए ।

बाल बालिकाहरुको प्रतियोगितामा पहिलो नेपालको तर्फ बाट ६ बर्षीय बालिका प्रिन्सेस, हिमाली कुँवर गुरुङले प्रतिनिधित्व गरेका थिए । उन्ले पनि गुरुङ पोशाक पहिरिएर क्याटवाक (बिरालो चाल )गरेकी थिइन् !

यस प्रतियोगितामा प्रमुख अतिथी भारतकि प्रसिद्ध कलाकार साना सायिदको उपस्थिति रहेको थियो । उनले चर्चित चलचित्र कुछ कुछ होता हैमा बाल कलाकारको भूमिका निर्बाह गरेका थिए ।

हालै स्टुडेन्ट अफ द एर ,बादल,देर दिल जो प्यार करेगा जस्ता धेरै चलचित्रमा अभिनय गरिसकेका छन् ।