नेपाल आइडलकी र्यापर, चर्चित मोडल करिश्माको अभिनयमा चेतन बोहराको ‘भैकंर सोझी’ भिडियो सार्बजनिक

स्कटनेपाल युके,

नेपाली गीत संगीतमा नयाँ नया गीतहरु सार्बजनिक हुने क्रम निरन्तर जारी छ। यसै अबसरमा लोकपप तथा देउडा गायक चेतन बोहराको ‘भैकंर सोझी’’ को म्युजिक भिडियो डान्सिड़ गित बजारमा सार्वजनिक भएको छ। जेष्ट २१ मंगलबार चेतन बोहराको अफिसियल युटुब चेंनल मार्फत यो म्युजिक भिडियो प्रिमिएर गरिएको हो ।

‘भैकंर सोझी’’ यस गीतमा चर्चित गायक तथा मोडल चेतन बोहरा लगायत माया बुढाको स्वर रहेको छ भने लय शब्द चेतन बोहराकै रहेको छ। नेपाल आइडलकी र्यापर करिस्मा बिष्टको र्याप अनि र वर्तमान सययकि चर्चित मोडल करिस्मा ढकाल र चेतन बोहराको आफ्नै अभिनय रहेको हेर्न सक्नु हुन्छ।

प्रकाश खड्काको छायाँकन, मिलन बिस्वकर्माको सम्पादन तथा बिक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ। ‘भैकंर सोजि’ गीतको भिडियोमा चेतन बोहरा , करिश्मा ढकाल, टेक साउदको अभिनय तथा नृत्य रहेको छ।

हेर्नुहोस पुरा भिडियो :