बिक्रम बराल नेपाल आईडल २ का उप – बिजेताको आवजमा नयाँ गीतको भिडियो सार्बजनिक

स्कटनेपाल युके,

दोस्रो नेपाल आइडल बाट चर्चामा आएका गायक हुन् बिक्रम बराल । सुमधुर स्वरका धनी पोखराका बराल भर्सटाइल स्वरका कारण लोकप्रिय बन्दै गइरहेका बेला उनको स्वर समावेश गीत कस्तो दुरीको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नारायण गौतमका शब्द शृजना समावेश गीतमा पछिल्लो समयका चर्चित संगीतकार तथा गायक हरि लम्सालको संगीत रहेको छ ।

गायक बराल स्वयमले अभिनय गरेको भिडियोमा सुन्दरी मोडल प्रियंका खड्काको अभिनय रहेको छ । युवाअवस्थामा माया, प्रेम, मिलन र बिछोडमा हुने प्रेमाभावलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । जसमा प्रियंका र बिक्रम दुवैको अभिनय सशक्त रहेको छ । माहाराज थापाको एरेञ्ज रहेको गीतको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन् । भिडियो टुभेल्व नोट्सबाट सार्वजनिक गरिए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ । हेर्नुहोस पुरा भिडियो :