लण्डन बाट सार्बजनिक भयो ‘बिर्सु कसरी’ म्युजिक भिडियो

काठमाडौँ – नेपाली गीत संगीतमा नयाँ नया गीतहरु सार्बजनिक हुने क्रम निरन्तर जारी छ । यसै अबसरमा गजलकार तथा सञ्चारकर्मी जे सागरले रचना गरेको गीत ‘बिर्सु कसरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गएको बुधबार लण्डनमा रहेको साउथ ह्यारोमा एक कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

अहिले यूएईमा रहँदै आएका गजलकार जे.सागरको शब्द, बेलायतमा कार्यरत सन्ध्या पौडेलको स्वर र आशिष राजको संगीत रहेको भिडियोलाई लण्डन निवासी राजेन्द्र पौडेलले निर्देशन गरेका हुन् । भिडियोमा प्रसुना कँडेल, रोश्ना कार्की र विकेशराज बस्नेतको अभिनय रहेको छ ।

यसअघि नै ‘यत्ति भए पुग्छ’ गजल संग्रह प्रकाशित गरिसकेका जे.सागर नेपाली गजल विधाका परिचित नाम हो । उनका दर्जनौं गजल अहिले पनि धेरै गजलप्रेमी माझ उत्तिकै लोकप्रिय छन् । यसैगरी लामो समयदेखि संगीतमा साधनारत गायिका पौडेलको पनि यो नै पहिलो रेकर्डेड गीत हो । भिडियो निर्देशक पौडेलदेखि कलाकारहरु सम्मको पहिलो प्रयास भनिएको यो गीत सुन्दा र हेर्दा भने निकै परिपक्वता भेटिन्छ।

गजलकार जे सागरले आफ्नो पहिलो गीतबारे प्रतिक्रिया दिँदै भने, ‘यसलाई हाम्रो टिमले इमानदारी साथ गरेको रहरभन्दा हुन्छ ।’

हेर्नुहोस् पुरा भिडियो