लेखक दिल निशानीमगरले गलबन्दी लगायत प्रकाश सपुतको बारेमा यस्तो लेखे :

लेखक दिल निशानि मगर सायद यो नाम सुन्दा धेरैलाई गालि गर्न मन लाग्ला । लेख लेख्ने तरिका जे जस्तो भएपनि लेख्या कुरा भने मजले सोच्न मन लाग्छ । फ्रि राईटर भएका कारण उनि कुनै कम्पनिसँग आबद्ध भने छैनन् । खरो उत्त्रिने स्वभावका कारण उनी धेरै लेखले आलोचनामा परेका छन् । हरेक मानिषको आआफ्नै वौदिक्ता हुन्छ तरपनि दिल निशानीले लेख्या कुरा प्रायले खराबनै बुझ्छन् । आफु भौतिक रुपमा शरीर मात्र नभई विचार हो भनि बताउछन् ।


यस पटक उनले संसार भरी नेपालीहरु माझ भाइरल भएको गायक प्रकाश सपुत र उनको गित ”गलबन्दी’ को कुरा गरेका छन् ।
उनी भन्छन : तिमीलाई पहिलो पटक दिल श्रिस दाईले चिनाएका थिए मलाईं। केही गर्छु भनेर शहर आएको छ भाई, प्रतिभा छ भनेका थिए उनले। त्यो पिस प्यालेस होटल अगाडीको जम्काभेट थियो। कस्तो नम्र, भलाद्मी रहेछ केटा भनेर तिम्रो प्रशंसा गरेको थिए। तर आज तिमीलाई दिल श्रिस दाईले चिनाईरहनु परेन। तिम्रा सिर्जनाहरु दोहोरी ब्याटल, माकुरमाकुर घुर, बोलमाया अनि गलबन्दी सम्म आईपुग्दा तिमी आफै चिनीयौ। केवल आफू मात्रै हैन कि हामीलाई, हाम्रो भूगोललाई, हाम्रो आत्मियतालाई पनि चिनायौ।

भुईँका मान्छेहरु आकाशमा पुगेको हेर्न मलाई बहुत प्रिय लाग्छ। आफ्नै रस्तीबस्तीका क्रियटिभ दिमाग भएका प्रिय भाई प्रकाश सपुतको गलबन्दी गितले पनि बोलमायाको जस्तै नयाँ रेकर्ड कायम गरेकोमा धेरै-धेरै बधाई तथा शुभकामना। अझै प्रगती गर्नु।

गलबन्दी गितको भिडियो तल हेर्न सक्नु हुनेछ जुन गित युटुबमा सार्बजनिक भएको केही दिन भित्रै ५ मिल्लियन दर्शकहरुले हेरी सक्नु भएको छ ।