इनासले बनायो एनआरएनए निर्वाचन लक्षित जनचेतनामुलक छोटो चलचित्र (भिडियो सहित)

एडिलेड- गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालको निर्वाचन नजिकिँदै गर्दा इनास साउथ अष्ट्रेलियाले निर्वाचन लक्षित जनचेतनामुलक “छोटो चलचित्र” सार्वजनिक गरेको छ । इनास साउथ अष्ट्रेलियाको ब्यानरमा निर्माण भएको उक्त छोटो चलचित्रमा निर्देशन आरसी थापाले गरेका छन भने अभिनय आरसी थापा, बिकास शर्मा पोखरेल, मिलन दाहाल, नारायण खड्का, एलिना पाण्डे र बिपना थापाले गरेका छन ।

“कार्कीको भोट” नाम दिइएको उक्त छोटो चलचित्रले मनोरञ्जन सँग सँगै सामाजिक सन्देश दिने दाबी गरिएको छ । एनआरएनए अष्ट्रेलियाका मतदातालाई आफ्नो स्वतन्त्रताको प्रयोग गर्न प्रेरित गर्ने उक्त छोटो चलचित्रले राम्रो नेतृत्व चयनमा भूमिका खेलोस भन्ने कथाकारको धारणा रहेको इनास साउथ अष्ट्रेलियाका अध्यक्ष मिलन दाहाल बताउँछन् ।

हेरौ भिडियो शेयर गरौ :